प्रजातन्त्रका लहरहरु


राणाशाषकले झुण्ड्याएर मारेका शहिदहरुको बलिदान, उनीहरुले खाएका गोली अनि तिनको खोकाहरुले रक्तिम अक्षरमा कोरिएको खाकामा नेपालको प्रजातन्त्रको उदय भएको हो । नेपालीका छोराहरुले पढ्न नपाउने, शाषकवर्गको हेपाईमा बस्नपर्ने, क्षमता भन्दा चाप्लुसीपनाको कदर हुने लगायत बिभिन्न समस्या अनि पावन्दीमा भएको नेपाली समाजले प्रजातन्त्रसंगै फड्को मारेर आज यस अवस्थामा आइपुगेको छ ।

अब बिचार, अभिब्यक्ति अनि समानताको स्वतन्त्रता नेपालमा छ भनिँरहदा फेरि कहिलेकाँही झल्यास्स पशुपती शर्माको गीत ब्याण्ड, भ्रष्टाचारी अनि सुन तस्करीहरुको बचावट र एयरपोर्टमा तस्करहरुको सुन छिर्दा नेपाली वैदेशिक कामदारहरुको ससाना सामान पनि सरकारी संयन्त्रले छिराउन नदिएर दिएको कष्टको संझना आँउछ । बिसं २०७५ सालको यो संघारमा फाल्गुनको ७ गते अनि संझन्छु के नेपालमा प्रजातन्त्र आएकै हो त ? देशमा काम नभएर खाडीम गएका नेपालीको कथा, विदेशमा पढाई र काम खोज्दै भासिएका बिधार्थीको बेदना, काठका बाकसमा आउने सपनाको अन्त्यका चर्चा अनि संसदभित्रको राजनैतिक धारको अचाक्ली विवादको धागोभित्र प्रजातन्त्र छ र भन्ने प्रश्न सबैलाई लागेको छ ।

इङ्गल्याण्डका पूर्व प्रधानमन्त्री विन्सटन चर्चिलले एकफेर प्रजातन्त्रका बारेमा सरकारको उपलब्ध सबै शाषकिय स्वरुपहरुमा सबैभन्दा कम नराम्रो स्वरुप नै प्रजातान्त्रिक स्वरुप हो भनेका थिए । उन्का अनुसार अन्य नराम्रा शाषन स्वरुपहरु मध्य सबैभन्दा कम नराम्रो स्वरुपनै प्रजातान्त्रिक स्वरुप हो । कताकता शासनप्रतिको उदासिनता पनि देखिन्छ उन्को भनाईमा तर प्रजातन्त्रले शासन सुब्यबस्था सुदृढ गर्दछ भन्ने कुरामा भने उनको दुईमत रहेन् । फेरि महान दार्शनिक प्लेटोको पनि प्रजातन्त्र प्रतिको आफ्नै मत छ, उन्का अनुसार प्रजातन्त्रले सत्य कहिल्यै पत्ता लाउन सक्दैन् । तर फेरि प्रजातन्त्रको उदेश्य कारण पत्ता लगाउने पनि त हैन, प्रजातन् त्र पनि आँफैमा एउटा दर्शन हो जसमा सबैजना संगै अनि समान रुपमा बग्न सक्दछन् ।

डेमोक्रेसी शब्द ग्रीक शब्दबाट आएको अनि यसको अर्थ जनताको शासन भन्ने हुन्छ । ईशापूर्व ५औं शताब्दीमा ग्रीक राजधानी एथेन्समा प्रजातान्त्रिक शासन पद्धती थियो तथापी उतिखेरको प्रजातन्त्रको दायरामा दास अनि महिलाहरु भने अधिकार सम्पन्न थिएनन् । के तपाईलाई थाहा छ ? संयुक्त राष्ट्रसंघका १९३ देशहरुमा १६७ देशहरु प्रजातान्त्रिक सूचीमा सूचीबद्ध छन् । अनुपात लगभग ८७ प्रतिशत हुन आँउदछ ।

विश्वका एक तिहाई मान्छेहरु अझै पनि तानाशाह शासनमा बाँचिरहेका छन्, विश्वको सबैभन्दा धेरै जनसख्याँ भएको देश चीन आँफैमा प्रजातान्त्रिक देश हैन् । अन्य प्रजातन्त्र नभएका देशहरुमा क्यूबा, उत्तर कोरिया, भियतनाम, यूएई, साउदी अरब र कतार लगायत पर्दछन् ।विश्वको सबैभन्दा पुरानो प्रजातन्त्र संयुक्त राज्य अमेरिकाको हो । सन् १७४७ पछि यस देशको जन्म पछि नै मतदान मार्फत प्रतिनिधि छान्ने ब्यबस्था गरिएको हो ।

विश्वको सबैभन्दा नयाँ प्रजातान्त्रिक देश चाँही लिविया हो, सन् २०१२ मा गद्धाफीको बहिर्गमन संगै लिविया प्रजातान्त्रिक भएको हो ।
प्रजातन्त्रको मुख्य आधारशीला भनेकै जागृत अनि शिक्षित जनता हुन् । प्रजातान्त्रिक प्रणालीमा केही व्यापारीहरू, बिकेका मीडिया, धनी मान्छेहरु या अन्य कुनै बिशेष समुहहरुले बाधा अनि अड्चन पार्न सक्दछन् । उता जर्मन अमेरिकी कवी चाल्र्स बुकोस्वकीले प्रजातन्त्रका बारेमा अनौठौ भनाई दिएका छन् । उनका अनुसार तानाशाह र प्रजातन्त्रमा मसिनो फरक छ, प्रजातन्त्रमा पहिले मतदान गरेर पछि आदेश लिनुपर्दछ तर तानाशाहमा मतदानको झन्झट हुन्न, सोझै आदेश लिन पाइन्छ । यहाँ आदेश भन्नाले सरकारले शासनका लागि सामान्य जनतालाई दिने आदेश हो जसलाई नियम पनि भन्न सकिन्छ ।

उता कार्ल मास्कले प्रजातन्त्रलाई समाजवादको बाटोका रुपमा ब्याख्या गरेका छन् । एरीस्टोटलले भनेका छन् कि प्रजातान्त्रिक देशमा धनी भन्दा गरिबहरु धेरै शक्तिशाली हुन्छन्, र गरिबहरु धनीभन्दा धेरै हुने भएकाले बहुमतको कदर हुन्छ । “औसत मतदाता संगको ५ मीनेट कुराकानी गर्दा मात्र प्रजातन्त्रको समाचोचना गर्न सकिन्छ” , विस्टन चर्चिल

प्रजातान्त्रिक सरकार युद्धमा जाने संभावना अत्यन्त कम हुने भन्ने थियोरिकल संभाव्यतता भएपनि बास्तवमा बिशालकाय प्रजातान्त्रिक अगुवा देशहरुनै पटक पटक युद्धमा होमिएका तथ्यले यी कुराहरुलाई उति प्रमाणित भने गर्दैनन् । अरु कुरा जेसुकै भएपनि प्रजातन्त्र भने महंगो पद्धती रहेको सबैले भोगेका छौं । नेपाली प्रजातन्त्र पनि बिशाल मुल्य चुकाएपछि मात्र आएको हो । राणाशासन देखि राजतन्त्रसम्म हटाउन हजारौं नेपालीको बलिदान अनि आवाज खर्च भएको छ ।

महान शहीद जिन्दावाद
नेपाली माटो प्यारो छ
कोहीको लुगा धपधपी बलेको
कोहीको भने १२ ठाँउ टालेको नहोस् ।
कोही त मर्दा डाक्टरको चाकरी नहोस् ।
यो देशमा प्रजातन्त्र अनि समानताका लहरहरु चलुन् ।
प्रजातन्त्रको कदर गरौं, प्रजातन्त्रको आदर अनि देशको माया नै अबको आवश्यक्ता हो ।

लाइभमाण्डु

यो पनि पढ्नुहोस्:


Loading comments...