
बंंगलादेश दुतावासको निमन्त्रणा
७ फाल्गुन २०७५, मंगलवार १३:००
अहिले नेपालमा रहेको कुटैनैतिक निकायहरुको डिनका रुपमा ५ वर्ष ६ महिना नेपाल स्थित बंगलादेशको दुतावासमा रहेकी राजदुत बिन्तो शाम्स मोस्फी हुनुहुन्छ । नेपालमा कार्यरत बिदेशी कुटनैतिक नियोगका प्रतिनिधिमध्य सबैभन्दा लामो समय नेपालमा बसेको प्रतिनिधिलाई यसरी डिन बनाउने चलन छ, आज हामी नेपाल स्थित बंगलादेशको दुतावासबाट लेख्दै छौं । हामीसंग बगंलादेशकी राजदुत बिन्तो शाम्स मोस्फी हुनुहुन्छ ।
पुस्तौं पुस्ता देखि नेपालका बिधार्थीहरु बिशेषत चिकित्सकिय अध्ययनका लागि बगंलादेश जाने चलन रहिआएको छ । अहिले त झन बंगलादेश अध्ययनको सिमा फैलिएर अन्य बिषयहरुको सहज अध्ययनका लागि पनि बंगलादेश जाने चलन बढ्दो छ । नेपालबाट अत्यन्त निकट यस देश पूर्वीय नेपालको फुलवारीमार्ग हुँदै जाने हो भनें त नेपालबाट केहि घन्टैमा पुग्न सकिने छ, तथापी नेपाल र बंगलादेश बिचका अन्य संस्कार अनि कलाका समानता र पर्यटनका संभावना भनें उति खोतलिएको पाइन्न ।
नेपाली महिनाहरुका नाम देखि चाडपर्वहरु सम्म अनि भाषा देखि भाषाका जरासम्म बंगलादेशसंग मिल्दछ । अब बंगलादेश पनि पहिले जस्तो छैन हामी अब निकै बिकसीत र अग्रगामी छलागं मारेर अघि बढिसकेका छौं । नेपाली पर्यटकहरुलाई बंगलादेश अब राम्रो गन्तव्य हुन सक्ने र संस्कारका र कलाका साझा चौतारीहरु अन्वेषण गर्न बंगलादेश दुतावास सदैव तत्पर रहेको जानकारी पाइयो । कुरा गरौं अब २ दिनपछि आउने विश्व मातृभाषा दिवसको । यसवर्षको फाल्गुन ९ मा पर्ने अन्तराष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा बंगलादेश दुतावासले एउटा खुल्ला र रोचक कार्यक्तम आयोजना गर्दैछ ।
हरेक वर्ष विश्व सुमदायले फेब्रुअरी २१ तारिखमा विश्व मातृभाषा दिवस मनाँउदछ र यस्को जरा बंगलादेशको भाषाप्रेमी आन्दोलन र बिधार्थी आन्दोलनको दमनसंग जोडिन्छ । सन् १९४७ को बिभाजनपछि तत्कालिन नेता जिन्नाले पूर्वी र पश्चिमी पाकिस्तानलाई भाषको सुत्रले बाँध्ने रणनिति त बनाए तर बंगालीहरुलाई उर्दु भाषाको भन्दा आफ्नो बंगाली भाषाको बढि प्रेम थियो । बंगाली भाषाका लागि गरिएको आन्दोलन क्रमश ठूलो हुँदै गयो र सन् १९५२ मा त तत्कालिन सरकारले करफ्यू नै लगायो । २१ फेब्रुअरीको बिहान सखारै ढाका विश्वविधालयका बिधार्थीहरुले सेक्शन १४४ को भाषासम्बन्धी धाराका बिरुद्ध आन्दोलन गरे । उक्त आन्दोलनको नारा थियो राष्ट्रोभाषा बगंला चाही भन्ने थियो । प्रहरीले दर्दनाक दमन गर्दा सैयौं भाषा सैनिक बिधार्थीहरुको हत्या भयो उनीहरुलाई आज पनि बगंलादेशमा भाषा सैनिक भनिन्छ । सन् १९५२ मा यसै दमनको संझनामा भाष दिवस मनाउन शुरु गरियो । सन् १९९९ मा यूनेस्कोले यसै दिवसलाई अन्तराष्ट्रिय भाषा दिवसको मान्यता दियो, आज त्यतिबेलाका भाषा शहीद अनि बंगालीहरुको भाषा प्रतिको मायाको संझना स्वरुप विश्वभरि नै अन्तराष्ट्रिय मातृभाषा दिवस फ्ब्रुअरी २१ मा मनाइन्छ ।
यसवर्ष पनि अन्यवर्ष झैं नेपाल स्थित बंलादेश दुतावासले सास्कृतिक कार्यक्रमको आयोजना गर्दैछ जस्मा बंगलादेशबाट आएका सांगितिक समुह र अन्तराष्ट्रिय स्तरमा निकै ख्यातिप्राप्त नेपालको सांगितिक समुह रकसिद्धिले प्रस्तुति दिँदैछ । दिउँसोको ३ बजेपछि यहाँहरु सबैलाई बसुन्धारास्थित बगंलादेश दुतावासमा निम्तो छ है, काठमाडौमा रहेको बगंलादेशको झल्को दिने यस कार्यक्रममा यहाँहरु सबैलाई हार्दिक निमन्त्रणा दिएको छ बगंलादेश दुतावासले ।
अंग्रेजीमा पढ्नको लागि : An invitation from Bangladesh Embassy
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले