black tea milk tea

कालो चिया कि सेतो चिया ?


यो एउटा धेरैजसो दोहोरिने प्रश्न हो, हाम्रो समाजमा । चिया खाएर जाम, बस्नुस न चिया खाम या एकैछिन सुसाएर चिया खाएर जाम न आदिजस्ता थुप्रै चियाका बहानाहरु हुन्छन् । अनि सदैव दुई प्रकारका चियाहरु हाम्रो सामु प्रस्तुत हुन्छन्, कालो या सेतो ?
कालो भन्नाले फिक्का, भुलुक्क उमालेको पानीमा चियापत्ति अनि चिनी हालेर बनाइएको चिया अनि सेतो भन्नाले दुध हालेर बनाइएको चिया । जिब्रो अनुसार फरक हुन्छ स्वाद, कसैलाई कालो चियामा आनन्द लाग्छ भने कोहीलाई सेतो चिया नखाइकन चियाको धीत नै नमर्ने हुन्छ ।

चियाको यो दुबिधालाई आखिर स्वास्थ अनि अध्ययनहरुले के भन्छन् त ? हाम्रो दैनिकी नै बनिसकेको चियाको बारेमा केके अनुसन्धान ?  यस आलेखलाई हामीले बिश्वप्रसिद्ध पत्रिका द गार्जियनको अग्रेजी सस्मरणबाट साभार, परिपेक्ष्यकरण अनि अनुवाद गरेका हौं ।

चिया पीउनेले केही हदसम्मको हृदयरोगहरु बाट जोगाँउदछन भने तरिका नमिल्दन अनि अनावश्यक सेवनले अन्य बिभिन्न समस्या देखिने हुन्छ । बिशेषत दक्षिण एसियाली मुलुकहरु अनि बेलायतमा भने चियामा दुध हालेर सेवन गर्ने चलन औधी प्रचलीत छ ।
जर्मनका केही अध्ययनकर्ताहरुले यूरोपियन हृदयरोग जर्नलमा लेखे अनुसार दुध हालेर चिया पीउनाले फिक्का चियाको तुलनामा क्यान्सर या हृदयरोगको निवारणमा फाईदा नपाउन सक्ने संभावना उल्लेख गरेको पाइन्छ ।

दुध हालेपछि चियापत्तिमा भएका प्राकृतिक गुणहरुमा बदलाव आँउछ अनि चियापत्तिमा भएमा एन्टी ट्यूमर अनि एन्टी क्यान्सर गुणहरुमा हानी पूर्याँउछ भनी चेरिटी अस्पताल बर्लिन जर्मनीमा बरिष्ट हृदयरोग बिशेषज्ञ भेरेना स्ट्याग्ल बताँउदछन् ।

यसै बिषयमा थप्दै दुध हालेको र नहालेको चिया सेवन अनि चियापत्तिका बदलिएका गुणहरुका बिषयमा थप अध्ययन जरुरी हुने उनी बताँउदछन् । अध्ययन प्रतिवेदनले केही उदहारणहरु दिँदै चिया दुध नहालेरै पीएमा फाइदा हुने जनाएका छन् ।

चियामा पाउने क्याटेचीन नामक तत्व चाँही हृदयरोगका लागि फाइदाकारक हुन्छ तर दुधमा हुने प्रोटीन अझ केसीन नामक तत्वले त चियाको क्याटेचीनसंग रसायनिक मिश्रण गरेर क्याटेचीनको असर अनि प्रभाव कम गर्ने प्रमाणीत भएको छ ।

अध्ययन समुहकी प्रमुख मोलिक्यूलर बायोलोजिस्ट मारियो लोरेन्जा अनुसार दुध हालेपछि चियापत्तिका बायोलोजिकल असरहरु कम भएको पाइएको छ । स्म्रण रहोस् अत्याधिक हृदयघातको दर भएको देश बेलायतमा सबैभन्दा धेरै दुध हालेको चिया पीउनेचलन शदियौं देखि छ । कतै यसै कारणले पनि हृदयघातको संभावनालाई बढाइरहेको या नियन्त्रण हुन नदिएको त हैन ?

तथापी दैनिक व्यायाम, गुणस्तरिय जिवनशैली, तनावको व्यबस्थापन अनि धुम्रपान अनि मध्यपानको कम प्रयोग पनि हृदयरोग निवारणका लागि झनै महत्वपूर्ण कुराहरु हुन् ।

नेपालमा पनि दुध हालेको चिया खाने चलन धेरै नै छ, अझ कालो चियालाई त गरिबी अनि कन्जुसीको पर्याय मानिन्छ जबकी दुध हाल्नुभन्दा नहाल्नु नै राम्रो भनेर अध्ययनहरुले देखाएको पनि छ । दुध बेग्लै पीउने अनि चिया बेग्लै पीउने त्यसका साथै बिहानै हरियो चिया अर्थात ग्रीन टी ले दिनको शुरुवात गर्ने गर्दा कसो होला ?

दुध हालेको चियाको अत्याधिक सेवन अनि चिनीको बढि मात्राले पनि ग्यास्ट्रीक अनि अन्य दिर्घरोगहरु लाग्न सक्ने संभावना रहन्छ । चियालाई स्वस्थ तवरले पीउने गरौं, लेमन टी, ग्रीन टी या सामान्य कालो चिया पनि दुध हालेका चिया भन्दा कम मिठा कहाँ छन् र ?

 


Loading comments...