त्रिभुवनको सालिक बनाउन एक-एक रुपैयाँ चन्दा संकलन


इतिहास रच्न पाइन्छ, मास्न पाइदैन । तर नेपालमा भने इतिहासको संरक्षण गर्नुको साटो इतिहास मास्ने तर्फ लागेको भान हुदै छ । यसको ज्वलन्त उदाहरण हो काठमाडौंको दक्षिणपश्चिम प्रवेशद्वार थानकोटमा रहेको त्रिभुवन पार्कको त्रिभुवनको सालिक
उक्त पार्कको नाम त्रिभुवन पार्क रहेतापनि अहिले त्रिभुवनको सालिक यसै बेवारिसे रुपमा फालिएको छ । २०७२ सालको बिनासकारी भूकम्पले ढलेको उक्त सालिक बर्षै सम्म पनि नबनेको कारण स्थानीय बासिन्दा आक्रोशित भएका छन ।

राजा त्रिभुवनको मृत्यु स्वीट्जरल्याण्डको जुरिच युनिभर्सिटी अस्पतालमा भएको सबैलाई थाहै छ । तर, यो अस्पताल परिसरभित्रै त्रिभुवनको एउटा स्मारक अहिलेसम्म सुरक्षित छ भन्नेचाहिँ कमैलाई थाहा छ। स्वीट्जरल्याण्ड पुग्ने नेपालीहरु निकै उत्सुकतापूर्वक स्मारक हेर्न अस्पताल परिसरमा पुग्छन् ।

त्रिभुवनका छोरा राजा महेन्द्र र उनकी पत्नी रानी रत्न राज्यलक्ष्मीले स्मृतिस्वरुप छाडेको धातुको चिन्हलाई अस्पतालमा स्मारक बनाएर राखिएको छ । स्मारकमा राखिएको चिन्हमा यस्तो लेखिएको छः

श्री ५ महाराजधिराज त्रिभुवन वीर बिक्रम शाहदेव नेपाल ।
जन्म आषाढ १७ बि. सं. १९६३ । स्वर्गारोहण फागुन ३०, २०११
स्वीट्जरल्याण्डको यस शहर जुरिकको क्यान्टन्स अस्पतालमा आज आएको सम्झनामा मौसुफको दिवंगत अमर यशस्वी आत्माको पावन स्मरणका रुपमा यो चिन्ह राख्न पाउँदा हामीलाई सन्तोष लागेको छ ।
श्री ५ महेन्द्र, श्री ५ रत्न राज्यलक्ष्मी नेपाल
श्रावण २, वि. सं. २०१५

एक जना नेपालीको नाममा रहेको स्मारक स्वीट्जरल्याण्ड जस्तो देशमा हुदा नेपालमा भने किन संरक्षण हुन सकेन भनेर स्थानीयहरु जागरुक भएका छन । उक्त चंदगीरी नगरपालिकाका मेयर घनस्याम गिरिले आफु मेयर हुनु पुर्व त्रिभुवन पार्कको संरक्षणमा लाग्ने प्रतिबद्धता जनाए पनि उक्त पार्कको ब्यबस्थापनको लागे केहि पनि काम नगरेको भनी स्थानीय उत्तम कार्कीले गुनासो पोखे । स्थानीय सरकारले सम्पदा संरक्षणको लागी पहल नगरेको कारण उत्तमले चन्दा उठाएर नगरपालिकामा बुझाएका छन ।

उक्त कार्यक्रमका अगुवा उत्तम कार्कीले भनेका छन् हामी राजावादी हैन तर इतिहास जोगाउने हाम्रो कर्तब्य र दायीत्व हो ।  उक्त कार्यक्रममा उत्तम कार्की लगायतका स्थानीयले १४९५ रुपया संकलन गरि मेयरको कार्यालयमा बुझाएका छन ।

 


Loading comments...