एआइबिटी खारेजीपछि अब बिद्यार्थीले के गर्ने ? समाधानको उपायसहित


वर्तमान अवस्थामा अष्ट्रेलियामा देखिएको नेपाली बिद्यार्थीको समस्याका बारेमाः
अष्ट्रेलियमा यहाँको नागरिकलाई पढाउनका लागि आर टि ओ नम्बर लिनुपर्छ । भने बिदेशी बिद्यार्थी पढाउन भने CRICOS CODE हुनुपर्छ । हिजोसम्म केलज, बिद्यार्थी र परामर्शदाताको आ आफ्नै समस्या थिए होलान् । अब यो सबै समस्याको निराकरण गर्ने भनेको अष्ट्रेलियन सरकार मातहत रहेको ट्युसन प्रोटेक्सन सर्भिस टिपिएसले हो । अष्ट्रेलिया पढ्न आउन बिद्यार्थीहरुले जि टि ई अर्थात जेन्युन टेम्पोररी इन्ट्रान्सको मापदण्ड पुरा गर्नुपर्छ । जसमा पढ्ने स्पष्ट उदेश्य, पढ्न सक्ने आर्थिक क्षमता, पढ्न आउनुको कारण, पढ्ने कलेको बारेमा बिस्तृत अध्ययन र पढाइ सकेर आफ्नै देश फर्कि काम गर्ने योजना मुख्य रुपमा समेटिएको हुन्छ । यो सबै कुरा बिस्तृतमा ब्याख्या गरिएको स्टेटमेन्ट अफ प्रपोज बिद्यार्थीले कलेज र अध्यामनलाई लेखेर बुझाउनुपर्छ । बिद्यार्थीको स्टेटमेन्ट अफ प्रपोज चित्त बुझ्दो भए मात्र अध्यागमनले भिसा दिन्छ । यो सब कुराको जिम्मेवार कलेज, परामर्शदाता, अभिभावक र बिद्यार्थी हुनेगर्छ ।

अहिलेको अवस्थामा के गर्ने ?
अष्ट्रेलिया पढ्न आउने हरेक विद्यँर्थी टिपिएसद्वारा सुरक्षित हुन्छन् । कलेज बन्द हुनु भनेको एउटा दुर्घटना हो । अब सबै जना मिलेर यसको समाधान खोज्ने बेला आएको छ ।
बिद्यार्थीले के गर्ने
१. सबैभन्दा पहिला टिपिएसमा आफ्नो नाम दर्ता गर्ने ।
२. टिपिएसको जवाफ केही समय पर्खिने । उनीहरुले तपाईलाई अवश्यपनि केही दिन भित्रमा सम्पर्क गर्छन् ।
३. टिपिएससंग निर्धक्कसंग सहि र सत्य कुरा बोल्ने, जसले गर्दा तपाईको समस्याको सहि समाधान निकाल्न सजिलो हुनेछ ।
४. परामर्शदाता रोज्दा गरिएको गल्ती फेरि नदोहो¥याउने ।
५. आफ्नो पढाइ कसरी चाडो र राम्रोसंग पुरा गर्न सकिन्छ भनेर ध्यान दिने । तपाइको बिस्तृत बिवरण तपाई आफैले टिपिएसमा दर्ता गर्नुपर्ने हुन्छ । पछि तपाईको सहयोगका लागि असल परामर्शदाता नियुक्त गर्न सक्नुहुन्छ । सरकारले कलेज दर्ताको खारेजी गर्दा बिद्यार्थीको ब्यवस्थापनको पनि योजना बनाएको हुन्छ । त्यसैले डराउनुपर्ने कुनै कारण छैन । हिजो परामर्शदाता छान्दा कुनै गल्ती भयो होला अब त्यस्तो गल्ती नगर्नुहोला ।
के गर्छ टिपिएसले ?
१. पहिले कलेजले कति पढायो र त्यस्को क्रेडिट कति दिन मिल्छ भनेर अनुसन्धान गर्छ । र अर्को कलेजमा पढ्ने मौका दिन्छ । चित्त बुझे टिपिएसले दिएको कलेज पढ्ने वा आफुलाई पायक पर्ने कलेज छान्न पनि बिद्यार्थी स्वतन्त्र हुन्छन् ।
२. टिपिएसले अहिले डिप्लोमा पढ्दा आएका बिद्यार्थीलाई डिप्लोमाकै अवसर दिनसक्छ । तर, कति विद्यँर्थीले सिधै ब्याचलर गर्नपनि मापदण्ड पु¥याएर पढ्न पाउँछन् ।
३. टिपिएसले बिद्यार्थीलाई पढाएको आधारमा कति पैसा फिर्ता दिने भनेर निर्णय गर्छ । र कलेजको कारणले पढाइ पुरा नभएको हो भने सबै पैसा पनि फिर्ता हुन्छ ।
४. कलेज बन्द भएको कारणले भिसामा हुनसक्ने समस्यालाई पनि टिपिएसले समाधान खोज्छ ।

अभिमानसिंह बस्नेत / ब्रिजवेन


Loading comments...