
हामी युवाको प्रेश विज्ञप्ती
८ फाल्गुन २०७५, बुधबार १७:४५
न्युज २४ टि.भी च्यानलबाट प्रसारण हुने कार्यक्रम सिधा कुरा जनता संगबाट जानकारी भए अनुसार बभिन्न कन्सलटेन्सीको माध्यबाट अध्ययनका लागि अष्ट्रेलिया स्थित AIBT( Australia institute of Business and Technology) अलपत्र अवस्थामा करिब १००० नेपाली युवा बिध्यार्थी रहेको खबरले हामी सम्पुर्ण युवाहरु दुखित र चिन्तित भएका छौ । नेपाली युवाले बिभिन्न सपना बोकेर बिदेशी भुमीमा उच्च शिक्षा हासिल गर्न जानुपर्ने बाध्यताको फाईदा उठाउदै नाम चलेका बिभिन्न कन्सलटेन्सीलाई जानकारी हुँदा हुदै बिध्यार्थीलाई पुर्ण जानकारी नदिई दर्ता नै नभएको उक्त कलेजमा पठाएको कुरा प्रति हाम्रो गम्भिर ध्यानआकर्षण भएको छ । ती समपुर्ण नेपाली युवाहरुलाई त्यस असजिलो र अफ्टयारो परिस्थितिबाट निकाल्न नेपाल सरकार , एन.आर.एन अष्ट्रेलिया र अष्ट्रेलियामा रहेका अन्य सम्पुर्ण नेपालीहरुलाई सहयोगको लागि हामी युवाहरु हार्दिक अपिल गर्दछौ साथै यस्तो कृयाकलाप गर्ने जो कोहीलाई पनि सरकार र सरोकारवाला निकायबाट कडा भन्दा कडा कारवाही र नेपालमा प्रतिवन्धको समेत माग गर्दछौ ।
हामी युवा
एक गैरसरकारी संस्था
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा