ginger

यस्ता छन् अदुवा चिया सेवन गर्दा स्वास्थमा हुने अनगिन्ती फाइदाहरु


जाडोमा तातो चियाको स्वाद कसलाई मन नपर्ला र ? अझ, अदुवा हालेर बनाइएको चिया झनै धेरैको रोजाइमा पर्ने गर्छ । अदुवा आफैँमा स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक छ । यसमा उच्च मात्रामा भिटामिन सी, म्याग्नेसियम आदिजस्ता खनिज पदार्थ पाइन्छ ।- जाडोमा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।

– यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ । – शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ । – क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।- रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ । – रक्तसञ्चारमा सहयोग पु-याउँछ ।

– पाचन प्रक्रियामा सुधार ल्याउँछ । – शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ । नयाँ पत्रिकामा खबर छ ।- महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ । – अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ । – हड्डी र बाथरोगका बिरामीका लागिसमेत अदुवा चिया फाइदाजनक छ ।


Loading comments...