बाबुराम भट्टराईको दौरा सुरुवाल लुक्स


बाबुराम भट्टराई सशस्त्र द्धन्दताका मोओवादी शिर्ष नेता अनि अहिलेका नयाँ शक्ति पार्टीका मुख्य नेतृत्व धारका बाबुराम नेपाली राजनितिका चर्चा व्यक्तित्व पनि हुन । कहिले राजश्व असुलीका कुरामा रेकर्ड तोडेर राजश्व असुली गरेर त कहिले प्रधानमन्त्री भएमा समयमा नेपाली उत्पादन गाडी मुस्ताङ्ग चढेर उनी चर्चामा आइनै रहे । अहिले मुस्ताङ्ग म्याक्स चढ्न छाडेको निकै भएका यि पूर्व प्रधानमन्त्री नयाँ शक्ति पार्टीका कार्यक्रमहरुमा देश र विदेश दौडाहामा ब्यस्त देखिन्छन् ।

भर्खरै उनी कर्णालीको खस् प्रदेशमा हुँदा स्थानीयसंग गएर लगाएको दौरा सुरुवालका पोशाकमा सजिएका तस्विरहरु उनको फेसबुकमा अपलोड गरिएको छ । आफु शक्तिमा हुँदा बिरलै यसरी राष्ट्रिय पोशाकमा देखिएका यि नेता अहिले स्थानीय नेपाली गाँउका भ्रमणको सिलसिलामा निकै नेपाली पोशाक र परम्परामा रमाएका देखिन्छन् । परम्परा र सनातन दर्शन लगायत पोशाकसम्म नेपाली नरुचाउने तात्कालिन माओवादीका अधिकांश नेताहरु आफ्नो भाषण र दम्भमा भनें निकै नेपालीपनाको फुईँ लगाँउदछन भन्ने आरोप धेरैको छ ।
जे होस् यि नेताका यि तस्विरहरुमा कमेन्टमा ओइरो नै लागेको छ र अधिकांशले उ बेलाको नेता बाबुराम जो बिरलै राष्ट्रिय पोशाकमा देखापरे र यसबेलाका नेपाली पोशाकका बाबुरामलाई निकै तुलना र टिकाटिप्पणी गरेका छन् ।

धरानका रेडियो पत्रकार सन्जीब उपाध्यायले चाँही यसो लेखे ”अचम्मै लाग्यो मलाइ त ! यो पोसाकको बिरोध किन गर्नुभाथ्यो !!?” पोसाक सुहाएको छ।

बाबुराम प्रधानमन्त्री भएको समयमा नै दौरासुरुवात राष्ट्रिय पोशाकबाट हटेको थियो । बाबुराम उक्त निर्णय पछी राजानन्द माण्डव्य लगायतको टिमले  दौरासुरुवात राष्ट्रिय पोशाक हुनुपर्छ भनेर अभियान नै लिएर अगाडी बढेका थिए । र बाबुरामले दौरासुरुवाल लगाए पछी यस्तो लेखेका छन “डा बाबुराम भट्टराई ज्युले दौरासुरुवाल लगाएको देख्ने रहर आज पूरा भो!तर खस बाहुल्य भन्दै जातिय मुद्दा जोडेकोमा बिरोध गर्दछु अनि बधाई छ काम्रेड ज्युलाई ढिलो भएपनी आँखा खुलेकोमा।।
अब अर्का काम्रेड प्रचण्ड ज्युले कहिले हो त्यो हेर्न बाकी छ।”

यस्तै अर्का अभियन्ता बिबस घिमिरे लेख्छन “हामीले डा.बाबुराम भट्टराईलाई औपचारिक राष्ट्रिय पोशाकको माग गर्दै ज्ञापनपत्र बुझाउदा उहाँले हास्दै भन्नू भाको थियो मलाई यो अभियान बिरोधि हो भनेर बजारमा प्रचारप्रसार गरिएको छ तर म यो अभियान बिरोधि हैन।हिजो मेरो बुबाले पनि दौरासुरुवाल लगाउनु भएको थियो मलाई लगाउन केही समस्या छैन र छिट्टै लगाउछु भन्नू भाको थियो र आज पहिलोपटक उहाँलाई दौरासुरुवालमा देख्न पाइयो।धन्यवाद पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई । ”

बाबुराम स्वयमले पनि जीवनमा प्रथमपल्ट दौरा सुरुवाल लगाएर हिडियो लेखेका छन् ” देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा-सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो !”

कानुनबिद स्वागत नेपालले बाबुराम भट्टराईको फोटो सेयर गर्दै यसो लेखे “सबै देशको आफ्नो अफिसियल स्टेट कस्ट्युमू हुन्छ, नेपालको औपचारिक राष्ट्रिय पहिरनको मान्यताबाट दौरासुरुवाललाई खारेज गर्नुभएका उहाँले जीवनमा पहिलो पटक दौरासुरुवाल लगाएर फोटो सार्वजनिक गर्नुभएछ, उहाँलाई हामी सबै मिलेर माफी दिआँै” ।

एउटा क्याप टोपी, सामान्य प्यान्ट र सर्ट अनि सामान्य कोटमा देखिने बाबुरामलाई नेपाली पोशाकमा देख्दा तपाँई चाँही के भन्नुहुन्छ ?

लाइभमाण्डु

 

 


Loading comments...