Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

साउदी राजकुमारको हवाइजहाज भारतमा सोझै आउन पाएन

९ फाल्गुन २०७५, बिहीबार १८:००


साउदी राजकुमार मोहम्मद विन सलमान अहिले दक्षिण एसियाली मुलुकहरुको भ्रमणमा छन् । खग्गोशीको हत्या विषयमा प्रत्यक्ष रुपमा मुछिएको भनिएका राजकुमार अहिले दक्षिण एसियाली मुलुकहरु बिशेषत भारत र पाकिस्तानको भ्रमणमा निस्केका छन् । राजकुमार शुरुमा पाकिस्तान पुगेका हुन र त्यतीबेला नै भारतपाक युद्धको नमिठो र तितो समय आइपरेको हो ।

पाकिस्तानी प्रधानमन्त्रीको भारतलाई बक्तव्यमा पनि आफु साउदी राजकुमारको भ्रमणमा ब्यस्त भएकाले शिघ्र बक्तव्य दिन असमर्थ बताएका थिए । उता साउदीका राजकुमारले पाकिस्तालाई आर्थिक सहयोग र कुटनैतिक समर्थनको आश्वाशन पनि दिएको बताइन्छ ।

विश्वकै अधिक शक्तिशाली मध्यका एक साउदी राजकुमार र राजकुमारलाई कतारलाई नाकाबन्धी लगाउने मुख्य योजनाकार पनि मानिन्छ । शक्ति, धन अनि विश्वव्यापी ब्यापार समर्थनको उचाईमा रहेका यि राजकुमारको हवाइजहाजलाई भनें भारतले पाकिस्तानबाट सोझै भारतमा अवतरण गर्न नदिएको श्रोतहरुले बताएका छन् । पाकिस्तान भारत तिक्तताको कारणले अनावश्यक सुरक्षा झन्झट औंल्याँउदै भारतले साउदी राजकुमारको हवाइजहाजलाई पाकिस्तानबाट उनकै राजधानी रियाद पठाएर अनि फेरि रियादबाट भारत आउन लगाएको हो ।

भारतले इस्लामावादबाट सोझै आएको जहाज अवतरण गर्न नदिने भएपछि उड्ययन सुरक्षाको कारण देखाँउदै जहाज रियाद पुगेको थियो । उता साउदी अरबका परराष्ट्र मन्त्री अदेल अल जुबियरले भनें राजकुमारको भ्रमण भारतपाक तनाबको कमी र शान्तिको पहलमा हुने बताए ।
राजकुमार गत मगंलबार दिल्ली अवतरण गरेका हुन् ।


लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग