Lifestyle Portal
  •   २५ श्रावण २०७९, बुधबार

बंगलादेशको राजधानी ढाकामा भिषण आगलागी

९ फाल्गुन २०७५, बिहीबार १४:४४

भर्खरै ढाकाको एउटा व्यस्त गल्लीमा भिषण आगलागी भएको र कम्तीमा पनि ७० जनाको मृत्यु भएको जनाइएको छ । मुगल साम्राज्यका समयका भवनहरु भएको यस चौकाबजारमा आगलागी भएको हो । तल्लो तल्लामा पसलहरु भएको यस साँघुरो गल्लीमा माथिल्लो तलाहरुमा मान्छेको बसोवास थियो । मर्नेहरुमा धेरै जसो महिला र बालबालीका रहेको बताइन्छ । अग्निनियन्त्रण शाखा प्रमुख शाकिल नवाजले यो अत्यन्त कठिन र दुस्खद घडी रहेको बताए । ७० वटा मृत शरीरलाई बडि ब्यागमा हालेर ढाका मेडिकल सिटी अस्पताल ल्याइएको बताइन्छ । ढाका शहरको ट्राफीक जामका कारण पनि समयमा दमकलहरु आगलागी निभाउन आउन ढिला भएको जानकारी छ ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय

भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको

विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित

भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास