
एड्स विरुद्ध राष्ट्रिय नेटवर्क समुह नेपाल (नानगान) द्धारा कीर्तिपुरमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न
९ फाल्गुन २०७५, बिहीबार १६:३१
एड्स विरुद्ध राष्ट्रिय नेटवर्क समुह नेपाल (नानगान)को आयोजनामा २०७५ फाल्गुण ०९ गते बिहिवारका दिन एक दिने निशुल्क आँखा शिविर मंगल माध्यामिक विद्यालय कीर्तिपुरमा सम्पन्न भयो । दिृष्टि आई सेन्टर, कलंकीका वरिष्ठ आँखा विशेषज्ञ रबिसंकर चौधरीको नेतृत्वको प्राविधिक टोलीको सहयोगमा सम्पन्न सो निशुल्क आँखा शिविर संचालनमा मंगल माध्यामिक विद्यालय कीर्तिपुरका प्रधान अध्यापक लोकलाल महर्जन, सहायक प्र.अ निलकण्ठ मर्हजन, शिक्षक रक्की मर्हजन, एड्स विरुद्ध राष्ट्रिय नेटवर्क समुह नेपालका अध्यक्ष दलबहादुर जि.सी., नानगानका कार्य समितिका सदस्य नमन उपाध्याय, सक्रिय शाथकाको तर्फबाट श्याम सुन्दर बाँस्कोटा, स्टेप नेपालका चेतना ज्ञवाली र प्रबिन श्रेष्ठ, र दूर्गा गुरुङ्ग लगायतका स्वयमसेवकहरुले सहयोग पु¥याएका थिए । सो कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डौ, कीर्तिपुर नगरपालिका, सक्रिय शाथ कीर्तिपुर, स्टेप नेपाल काठमाण्डौ र मंगल माध्यामिक विद्यालय कीर्तिपुरसँगको समन्वयमा सम्पन्न भएको थियो । सो कार्यक्रमलाई कुमारी बैक लिमिटेड, पुतलीसडक, काठमाण्डौवाट Corporate Social Responsibility अन्तरगत आर्थिक सहयोग प्राप्त गरिएको थियो । विद्मालयका अध्यक्ष प्रो. चन्द्रमान बज्राचार्यद्धारा उद्घाटित उक्त कार्यक्रम दिनको ११:०० बजे शुरु भई ४:०० बजेसम्म सन्चालन भएको थियो । उद्घाटन कार्यक्रममा विद्यालयका अध्यक्षद्धारा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए भने नगरपालिकाका जनस्वाथ्य प्रमुख शान्तामान मानन्धरले आगामी दिनमा यस प्रकारका कार्यक्रमको योजना बनाउदा देखिनै सहकार्य गर्न सकिनेवारे बताउनु भएको थियो । साथै दिृष्टि केयरका रबिसंकर चौधरीले यस प्रकारका कार्यक्रम आगामी दिनमा सहकार्य गर्दै समुदाय स्तरमा जान सकिने बारे बताए भने एड्स विरुद्ध राष्ट्रिय नेटवर्क समुह नेपालका अध्यक्ष दलबहादुर जि.सीले उपस्थित सबैलार्इृ धन्यवाद ज्ञापन गरेका थिए । सो कार्यक्रममा २५४ जना व्यक्तिहरुको निशुल्क आँखा जाँच गरीनुका साथै उनीहरुलाई परामर्श, सरसल्लाह र सामान्य औषधि समेत वितरण गरिएको थियो ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा