हिमाल तरुनो छ


एनी फोर्ड का पति एकजना अवकाशप्राप्त सरकारी कर्मचारी हुन् । एनी भने काठमाण्डौको एउटा मिसीनरी बिधालयमा अंग्रेजी बिषय पढाउन नेपाल आएकी हुन् । यसै क्रममा नेपालमा एकजना मिजासिलो ईन्जीनियरसंग एनीको घनिष्टता कायम हुन्छ र प्रेम समबन्ध हुनपुग्दछ । यसक्रममा सदैव एकतमासको जिवन गुजारेकी एनीले आफ्नो जिवनमा नयाँ अनुभव अनि फरक कोणहरु प्राप्त गर्न थाल्दछीन् । यसैक्रममा तत्कालिन काठमाण्डौको परम्परा, कट्टरता, भावनात्मक न्यानोपना अनि एनी स्वयमको एउटी नारीका रुपमा पूर्नजागरणको व्याख्या र अनुभव एनीले गर्दछिन् ।

आज एकजना चीनीया लेखिकाको नेपालमा आधारित कृतीको कुरा गर्न जाँदैछौं, माउन्टेन ईज योगं । चीनीया मुलकी प्रसिद्ध लेखिका हान सुईगंको पुस्तक माउन्टेन ईन योगंको चर्चा परिचर्चा आज पनि बिश्वभरि उत्तकै चाखका साथ गरिन्छ, यि लेखिका भने ९० बर्षको उमेरमा सन् २०१२ मा संसारबाट बिदा भएकी हुन् ।

बिश्व बजार अनि मानचित्रमा सुस्तरि उक्लीरहेको आज भन्दा करिब ६० बर्ष अघिको नेपाल संसार सामु चिनाउन यस पुस्तकको पनि ठूलो देन मानिन्छ। कथाको प्लटमा नेपालमा उतिखेर त्रिभुवन राजपथको निर्माण भइरहेको बताइन्छ, ति इन्जीनियर भारतीय हुन्छन जसको नाम भिन्सेट स्वामी हुन्छ ।

उपनीवेश बनाईएको हङ्गकगं , निस्सासिएका प्रेम कथा अनि चीनमा बढिरहेका उतिबेलाका आन्दोलनका आवाजहरु यि लेखिकाको लेखन हस्ताक्षर हो । नेपालमा राजा महेन्द्रको राज्याभिषेक ताकाको काठमाण्डौको चित्रण गरिएको यस पुस्तकमा नेपालमा भएको प्रेमकथा देखाइएको छ । सन् १९५८ मा बेलायत अनि अमेरिका दुबैतर्फ बेस्ट सेलर भएको यस पुस्तकको बिषयमा आज कुरा गरौं ।
लेखिकाले बास्तविक जिवनमा भिन्सेट स्वामी अर्थात पुस्तककै पात्रको नाम गरेको भारतीय इन्जीनियरसंग भारतको बेगंलोरमा बिवाह गरेकी हुन्, उनले यस कृतीमा आफ्नो यथार्थ कथालाई पात्रमार्फत ढालेकाले पनि अझ यर्थाथपरक बन्न गएको छ ।

हान सुईगंका बिभिन्न कृतीहरु अनि बिचारमा उनी चीनको कम्यूनिजम आन्दोलनको उतिखेरै देखिकी समर्थकका रुपमा खरो उभिएकी छिन् । नेपालको भूमिमा पनि उनले धेरै पटक पाइला टेकेकी हुन त्यसैले नै त यस कृती नेपाली परिवेशको तत्कालिन ऐना झै छ ।
उनले बिवाह गरेकी उक्त इन्जीनियरसंग पनि उनको प्रथम भेट काठमाण्डौ वरिपरिकै क्याफे या रेस्टुराँमा भएको हो भन्ने अड्कल पनि धेरैको छ तथापि यसको यकिन भने कोहीसंग पनि छैन् ।

जे होस आज यि लेखिका फेरि नेपाल आउने भए दंग पर्थिन होला किनभने यिनकी मनपर्दा नेता माओ जिदोगंका बिचार अनुयायी राजनितिज्ञहरुले वहुमतका साथ नेपालको शाषन सत्ता चलाइरहेका छन् । सशस्त्र द्धन्दले जर्जर भएको नेपाल पछिल्ला दशकमा द्धन्दबाट उक्लन खोज्दैछ | चीनको हनान प्रान्तमा हुर्किएकी यि लेखिकाले आफ्नो बालापनमा बिधालय जाँदा रिक्शामा भोकमरिले मरेका मान्छेहरु लाशका थुप्राहरु देखेको बताएकी थिइन् । लेखिकाले जिवनमा ३ वटा बिवाह गरेकी थिइन, उनको अन्तिम पति भने भारतीय इन्जिनियर थिए । यस कृतीको अन्तमा पात्र एनी ले काठमाडौ आएपछि माया, त्याग अनि यर्थाथको झल्को पाएको देखाइन्छ । राजा महेन्द्रको राज्याभिषेक ताकाका दृश्यहरु लाई काठमाण्डौका पवित्र अनि पुरातात्वीक महत्वका श्रृगांरसमेत यिनले पस्केकी अलौकीक स्वाद आज ६० बर्ष पनि पनि बिछट्टै पढ्न लायक छ । मौका परे पढ्नु होला ।

सुयोग ढकाल


Loading comments...