के छ सामसुङको फोल्ड गर्न मिल्ने स्मार्टफोनको विशेषता
११ फाल्गुन २०७५, शनिबार ११:००
मोबाइलको इतिहासमा नयाँ एउटा पृथक सुरुवात हुदै छ । केहि दिन अगाडी मात्रै सामसुङले फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङ कम्पनीले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी हो।
पछिल्लो समय मोबाइल बिक्रीमा तीब्र प्रतिस्पर्धा भए संगै मोबाइलको बिक्रीमा कमी आउन थालेपछि चिन्तित देखिएको सामसुङले नयाँ विशेषता सहितको नयाँ फोन सार्वजनिक गरेको हो । यस फोनमा पाँचौं पुस्ता (फाइभ–जी) को तारविहीन टेलिफोन नेटवर्कमा समेत काम गर्नेछ ।
सामान्य स्मार्टफोन र ट्याबलेट दुबै स्वरुपमा विकास गरिएको नयाँ स्मार्टफोनमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) र अरु विशेषता थप गरिएको छ । अमेरिकाको सानफ्रान्सिस्कोमा सार्वजनिक गरिएको यस फोनको नाम ग्यालेक्सी फोल्ड राखिएको छ ।
एउटै डिभाइसमा ४।६ इन्चको स्मार्टफोन र ७.३ इन्चको ट्याबलेट रहेको छ । यो स्मार्टफोन अप्रिल २६ तारिखबाट बजारमा आउनेछ, भने यसको मूल्य अमेरिकामा एक हजार ९८० अमेरिकी डलर रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । कार्यालय
चन्द्र ग्रहण (Chandra Grahan 2021) बारेमा खगोल वैज्ञानिकहरुका अनुसार आज (१९ सेप्टेम्बर, २०२१) लाग्ने यस चन्द्र ग्रहण ५८० वर्षपछि सबैभन्दा
साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त आयोजनामा साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपालकै
ट्वीटरमा अहिले विश्वभर ह्वाट्सएप ट्रेण्डिङमा छ । ह्वाट्सएप (Whatsapp) लगायत फेसबुक (Facebook), म्यासेन्जर (Messenger) तथा इन्स्टाग्राम (Instagram)को सेवा विश्वभर अहिले