Lifestyle Portal
  •   २४ फाल्गुन २०७७, सोमबार

धुर्मुस सुन्लती फाउण्डेशनलाई ‘गो फण्ड मी’ मार्फत सहयोग गर्न सकिने

१० फाल्गुन २०७५, शुक्रबार १५:००

भरतपुरको चितवनमा बन्ने गौतमबुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रङ्गशाला निर्माणका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न मिल्ने भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले एउटा भिडियो सन्देश सार्बजनिक गर्दै देश बिदेशबाट ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न सकिने बताएका हुन् ।

केही महिनाअघि औपचारिक रुपमा निर्माण घोषणा गरिएको यो रङ्गशाला अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला नेपाली मौलिक शैलीमा निर्माण हुनेछ । रङ्गशाला निर्माणका लागि अहिले धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक सहयोग संकलन गरिरहेको छ। चितवनको भरतपुरमा निर्माण हुने यो रङ्गशालाको लागी फिल्डको काम सुरु भईसकेको छ । फाउण्डेशनले कर्मचारीहरुको आवास र संचालनका लागि चिवनको रामपुरमा शाखा कार्यालय समेत संचालन गरिसकेको छ ।

बहुउद्देश्यीय यो रङ्गशाला निर्माणका लागि ३ अर्ब लाग्ने अनुमान गरिएको छ । फाउण्डेशनका अनुसार रङ्गशालामा क्रिकेट मात्र नभई नेपालमा खेलिने महत्वपुर्ण खेलहरु समेत यसमा खेल्न सकिनेछ । यो परियोजना शिलान्यास गरिएको २ बर्षमा सम्पन्न गर्ने फाउण्डेशनको लक्ष्य छ ।

Go Fund Me Link : https://www.gofundme.com/NepalStadium

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

स्वागत छ सन् २०३९ को विश्वकप क्रिकेटको फाइनल्स म्याचमा । यस अघि धेरैपटक विश्वकप जितिसकेको राष्ट्र भारत र पहिलोपटक विश्वकप

काठमाडौं । भारत अध्ययनार्थ जान चाहने विधार्थी हरूको रोजाईमा हाल गुजरातको नाम अग्रपंक्तिमा आइरहेको छ। गुजरात भारतकै सम्पन्न प्रदेश, सुरक्षित,

चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भरतपुर कारागारमा राजनैतिक बन्दी जीवन बिताइरहेका आफ्ना दाजुलाई भेट गरेका छन् ।

काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक लाख रुपैयाँ दिएर आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ