Lifestyle Portal
  •   १४ चैत्र २०७९, मंगलवार

नेपालले सुन्यो बंगलादेशलाई

१० फाल्गुन २०७५, शुक्रबार १८:०२


फाल्गुन ९ गते अन्तराष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा बंगलादेश दुतावासले एउटा खुल्ला र रोचक कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा नेपाल स्थित बंलादेश दुतावासले सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ जसमा बंगलादेशबाट आएका सांगीतिक समुह र अन्तराष्ट्रिय स्तरमा निकै ख्यातिप्राप्त नेपालको सांगितिक समुह रकसिद्धिले प्रस्तुति दिएको छ ।

हरेक वर्ष विश्व सुमदायले फेब्रुअरी २१ तारिखमा विश्व मातृभाषा दिवस मनाँउदछ र यस्को जरा बंगलादेशको भाषाप्रेमी आन्दोलन र बिधार्थी आन्दोलनको दमनसंग जोडिन्छ । सन् १९४७ को बिभाजनपछि तत्कालिन नेता जिन्नाले पूर्वी र पश्चिमी पाकिस्तानलाई भाषको सुत्रले बाँध्ने रणनिति त बनाए तर बंगालीहरुलाई उर्दु भाषाको भन्दा आफ्नो बंगाली भाषाको बढि प्रेम थियो । बंगाली भाषाका लागि गरिएको आन्दोलन क्रमश ठूलो हुँदै गयो र सन् १९५२ मा त तत्कालिन सरकारले करफ्यू नै लगायो । २१ फेब्रुअरीको बिहान सखारै ढाका विश्वविधालयका बिधार्थीहरुले सेक्शन १४४ को भाषासम्बन्धी धाराका बिरुद्ध आन्दोलन गरे । उक्त आन्दोलनको नारा थियो राष्ट्रोभाषा बगंला चाही भन्ने थियो । प्रहरीले दर्दनाक दमन गर्दा सैयौं भाषा सैनिक बिधार्थीहरुको हत्या भयो उनीहरुलाई आज पनि बगंलादेशमा भाषा सैनिक भनिन्छ । सन् १९५२ मा यसै दमनको संझनामा भाष दिवस मनाउन शुरु गरियो । सन् १९९९ मा यूनेस्कोले यसै दिवसलाई अन्तराष्ट्रिय भाषा दिवसको मान्यता दियो, आज त्यतिबेलाका भाषा शहीद अनि बंगालीहरुको भाषा प्रतिको मायाको संझना स्वरुप विश्वभरि नै अन्तराष्ट्रिय मातृभाषा दिवस फ्ब्रुअरी २१ मा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा