बग्दादकी किताब बेच्ने केटि


इराकको राजधानी बग्दादको मुतान्बी गल्लीमा ३० वर्षकी किताब बेच्ने बारा अल बयाती आफ्नो अट्टाहस सहितको हाँसोले पुस्तक प्रेमीहरुलाई तानिरहेकी हुन्छिन् । उनी यस गल्लीमा यसरी पुस्तक बेच्ने प्रथम महिला बिक्रेता हुन जस्ले दिनभरिमा सैयौं स्वदेशी र बिदेशी पुस्तक प्रेमीलाई पुस्तक बेच्ने र सुझाव दिने अनि पुस्तकका समीक्षा पनि दिने गर्दछिन् ।

शताब्दीऔं अगाडिका ओटोम्यान साम्राज्यका समयका ठूला ठूला महलहरु रहेको यस गल्ली धेरै जना लेखक र कविहरुको कलम र कागजको बिम्ब भइसकेको छ । जहाँसम्म इतिहास छ त्यसमा नियाल्ने हो भनें इराकका १० सौं शताब्दीका महान कवी अल मुतान्बीको नाममा यस गल्लीको नाम मुतान्बी गल्ली राखिएको पाइन्छ । यस गल्लीको अवस्थिती र महत्वको इराकमा बेग्लै अर्थ हुन्छ, यो गल्ली इराकको कला र साहित्यका मुटु हो भनेंर मानिन्छ ।

यि पुस्तक बेच्ने बिक्रेता बाराका अनुसार उनी यस गल्लीमा रहँदा उनलाई सन् १९६० र १९७० शतकको इराकमा भएको झैं महसुस हुन्छ अरे । उनका आमा बुवाले बताएअनुरुपको शान्त अनि कलाप्रेमी मानिसहरुको शहर र देशका रुपमा यस गल्लीमा उनले इराक र बग्दादलाई नियाल्न सक्दछिन ।

तर सन् २००७ को शक्तिशाली कार बम आक्रमण पछि यहाँ निकै मान्छेहरुको मृत्यु भयो र करिब वर्ष दिनलाई त यो गल्ली नै बन्द भयो, उनी थप्दछिन् । यस गल्लीमा अब पुराना कला र साहित्यको अलावा बम र गोलीमा छर्रा, खोका र खाटाहरु पनि छन् , बारा भन्दछिन् । तर ति आक्रमणहरुले हाम्रो कलाप्रतिको मोहलाई मार्न सकेन्, नयाँ इराक अनि इराकी कला साहित्यको शुरुवात यहि गल्लीबाट हुन पर्दछ भन्ने बाराको तर्क छ ।

मेरो सानैदेखि लगाव कला र साहित्यमा थियो र म लेखक बन्न चाहन्थें र एउटा पत्रकार बनेंर म देशको बारेमा लेख्न चाहन्थें । तर समय फरक थियो कनिभनें मेरो पुस्ताका पछिल्ला समयहरु आक्रमण, गोली, बम र बन्दुकका आवाज र नाल वरपर बिते । मेरो बुवालाई म पत्रकार बनेको मान्य थिएन तसर्थ म त्यसपछि इन्जिनियरिङगं पढेर सन् २०११ मा ग्राजुयट भएं । संयोगवश म एकदिन डर अल सुतुरको एउटा किताब पसल अघि रोकिंए र गएर केहि स्यवंसेवा को अवसर छ कि भनेंर सोधें । उनीहरुले मलाई त्यस पसलको सामाजिक सञ्जालको जिम्मा दिए र मैले करिब २ वर्षसम्म त्यस पसलको अनलाइन उपस्थिती हेरें । त्यसपछि म स्वतन्त्र भएर आफ्नै काम गर्न तर्फ लागें । त्यसपछि मैले डर मक्तबा बारा अर्थात बाराको प्रकाशन गृह खोलें, अहिले सम्म १५ वटा प्रकाशनहरु प्रकाशित छन र यस वर्ष थप १५ पुस्तक थप्दैछु । मलाई केवल पुस्तक मात्र हैन त्यसमार्फत समाजमा बिचार, आशा अनि सपनाको अकुंरण पनि गर्न मन छ, बाराको सोच उनले बताँउदै गइन ।

उनलाई इराकका सबै महिलाहरुमा आशा र नयाँ विश्वको सञ्चार गराउन मन छ । कुराकानी गर्दै गर्दा एकजना सानी नानी बाराको छेउमा आइन् । बारा मुस्कुराँउदै यि मेरी छोरी हुन जो अहिले नै कलाप्रेमी भइसकिन भन्न थालिन् । उनकी छोरी बिन्ती अहिले देखि नै फोटोग्राफर हुन क्यामरा लिएर हिँडछिन् । लु आउनुहोस अब फोटो खिचौं । बारा भन्छिन उनको काम भनेंको मान्छेलाई स्वागत गर्दै पुस्तक बिक्रि गर्नु हो र पुस्तक मार्फत नयाँ इराकमा आशाको सञ्चार गर्न उनी चाहन्छिन् ।

द न्यू अरबका लागि मार्ता बेलिन्ग्रीको अन्तवार्ताको नेपाली अनुवाद यो आलेखको शिर्षकमा लेखिका ले इराकको साहित्यलाई बिउँझाउने आशा बोकेकी महिला भनी लेखेकी छिन् । बारा आफ्नो सपना र कार्यमा कटिवद्ध छिन्, उनीलाई शुभकामना र उनीबाट नेपालले पनि केहि सिक्ने कि ?
लाइभमाण्डु


Loading comments...