
सुनसरीका आगलागी पिडितको व्यथा
१२ फाल्गुन २०७५, आईतवार १३:२७
सुनसरी डुमैरीयाका आगलागी पिडित परिवार गाँस, बास , कपासको समस्यामा बाँचिरहेका छन् । पिडित चौधरी परिवारहरुको आर्थिक अवस्था कमजोरका कारण समस्या थपिदै गएको बताइन्छ । वर्षेनी हुने यस्ता आगलागीका घटना पछि घर टहरा निर्माण गरि पुर्नस्थापित हुन सहयोगको आवश्यक भनि बिभिन्न सरकारी यंयन्त्र र राजनैतिक नेताहरुले भनेंर र प्रतिवद्धता गरेर गएपनि पिडित परिवारको अवस्था ज्यूँ का त्यूँ छ ।
रामधुनी वडानं। १ डुमैरीया टोलमा आगलागीबाट घर सहित सम्पुर्ण सामान जलेर नष्टहुदा पिडित चुमकलाल चौधरीलाई गाँस,वास , कपासको समस्या भएको छ । शुक्रवार भएको आगलागिमा परि घरगोठ तथा अन्नपात,लत्ताकपडा गुमाएका आगलागी पिडित चौधरीका दुई बर्षकी छोरी सहित छिमेकीको घरमा वास बस्न बाध्य भएका हुन् । आगलागीबाट एक घर पूर्णरुपमा जलेको छ भने दुई गोठ जलेर नष्ट भएको हो । एकै घरमा राखिएको दुई दाजुभाईको सामान जलेको छ । चुमकलाल चौधरीको अन्नपात,लताकपडा, गरगहना,जलेको छ भने महेश चौधरीको लताकपडा जलेको जानकारी दिए । अवस्था र परिस्थती हेर्दा तत्काल चुमकलाल चौधरीलाई समस्या देखिएको छ । दैनिक ज्यालादारी गर्दै आएका पिडित चुमकलाल चौधरीले खरानि भएको घरलाई हेर्दै भने आगलागीबाट मानविय क्षति नभएपनि अन्य सबै कुरा जलेर नष्ट भएको बताए । आगलागीमा परि नागरिकता लगायतका सबै कागजात जलेको उनीहरुले बताए । आगलागीबाट रु ८ लाख भन्दा बढि मुल्यबराबर क्षति भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा परिवारका सदस्य सबैजना बाहिर रहेकाले कुनै पनि घरका सामान जोगाउन पाएनौ सबै खारानि भएको उन्को आमा मंगली देवि चौधरीले बताईन् । छोरा,बुहारी,नातिनि र आफुले लगाएको कपडा मात्र बाँकि रहेको अरु सबै जलेको उन्ले बताईन् । आगलागीले गाँस,वास, कपासकै समस्या निमत्याएको पिडित चौधरीले बताईन् । राहत स्वरुप स्थानिय टोलवासीहरुले पिडितलाई च्युरा,भुजा,लताकपडा संकलन गरेर तत्कालकालागी सहयोग गरेका छन्। । आर्थिक अवस्था कमजोर रहेकाले पिडित परिवारलाई समस्या बल्झिदै गएको छ । त्यसकारण घर टहरा निर्माण गरि पुर्नस्थापित हुन सहयोगको आवश्यक देखिएको छ ।
सुनिल चौधरी झुम्का,फाल्गुन ११।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग