बाईबल, कुरान, जिसस अनि कृष्ण


धर्मलाई मानिसले आ-आफ्नो परिभाषा दिएको छन । सिधा र साधारण रुपमा भन्दा धर्म भन्नाले  जे कुरा धारण गर्न योग्य छ त्यसलाइ नै “धर्म” भनिन्छ । धर्म भित्रका पनि सम्प्रदाय अनुसार धार्मिक गुरु या इश्वर, अल्लाह आदि नामले पुज्ने गर्दछन  । अझ एउटा सम्प्रदायका मानिसले अर्को सम्प्रदायका मानिसको सस्तित्व स्वीकार गर्न नसक्दा बेलाबेलामा ठुलै संग्राम समेत भएको छ  ।  बिभिन्न सम्प्रदायका बारेमा भएको  शोधहरु पढेर बाईबल, कुरान, जिससको जन्म अनि कृष्णलाई पनि एकै धारमा ल्याएर पस्कन चित्तपर्यो, यहिबाट आजको विषयको उठान गर्न चाहे  ।

कुरानमा सबैभन्दा बढि उद्धृत गरिएका गुरु नै जिसस हुन् । उन्लाई कुरानमा ईसा या इव्न मरियम अर्थात अरबी भाषामा मरियमका छोरा भनेर उद्धत गरिएको छ । कुरानमा भर्जिन मेरि मात्र एकजना यस्ती पात्र हुन जसलाई नामले सम्बोधन गरिएको छ भनेर भारतीय अध्यनकर्ता राना साफबी लेख्दछन् । यि लेखक अनि अध्यनकर्ताले जहाँ ढुगांले बोल्दछन जस्ता बिश्व चर्चित पुस्तकहरु अनि धार्मीक शोधहरु गरेका छन् ।

बिश्वका २ सबैभन्दा ठूला धर्महरु क्रिस्चियन अनि मुसलमानहरु एकआपसमा अत्यन्तै झगडारत भएतापनि धर्मगत रुपमा धेरै अन्र्तसम्बन्धीत छन् । आउनुहोस् बात मारौं । हुन त जिसस र ईस्लाम धर्मका पैगम्बर मोहम्मदको आगमन इतिहास लगभग ५०० बर्षले फरक छ तथापी कुरानमा पनि जिससलाई भगवानका दुतका रुपमा व्याख्या र उद्धत गरिएको पाइन्छ ।

कुरानमा जिसस र मेरि जन्मको किस्सा

एकदिन हन्नाहको घरमा एउटा चराले आफ्ना बच्चाहरुलाई चुईचोबाट चारा खुवाइरहेको दृश्य देखेपछि हन्नाहले मातृवालत्सयमा ओतप्रोत भएर आफ्नो अर्को सन्तान पनि भए सो सन्तानलाई ईश्वरको सेवामा लगाउने भनि बाचा गर्दछिन् ।

उन्को श्रीमान ईम्रान भने सोलोमोन मन्दिरका पूजारी हुन्छन् ( यस मन्दिर अझै पनि जेरुसलेममा रहेको छ जसलाई इसाई र इस्लाम दुबै धर्मका हरुले पवित्र रुपमा मान्दछन्) र ईम्रानले पनि श्रीमतीको यो प्रार्थनामा साथ दिन्छन् । ईम्रान प्रार्थन ागर्न हिमालमा जान्छन् भने हन्नाह घरमै बसेर अर्को बच्चाका लागि प्रार्थना गर्दछिन् । कुरानका अनुसार अल्लाहले यस प्रार्थना सुनेपछि हन्नाह गर्भवती भएकी हुन् तर यो खुश खबर पाउन ईम्रान भने जीवीत रहेनन् । छोरीको आगमन र श्रीमानको मृत्यू दुबै एकैफेर भएको हन्नाहले सहन गर्नुपर्यो, यिनै छोरीको नाम मेरि अर्थात मरियम हो ।

कपडामा बेरिएकी नवजात शिशुलाई हन्नाहले हिब्रु गुरुको जिम्मा लगाँउदछिन् । हन्नाहकी बहिनीका श्रीमानको नाम जकारिह हुन्छ, उनैलाई मेरिको अभिभावकका रुपमा छानिन्छ । जकारिहका छोरा भने याहा हुन् जस्लाई पवित्र आत्माले मसिहाको आगमनको तयारी गर्नको आज्ञा दिएका हुन्छन् । शुक्लपक्षको चन्द्रमा जस्तै राम्री अनि अत्यन्त सस्कारी र धार्मीक मेरिको लालनपालन मन्दिरमा भएको हो । उन्को प्रथम रजस्वाला पछि जकारिहले उनलाई मन्दिरमा छुटै कोठा दिएका हुन्छन् र कहिलेकाँही अभिभावकका रुपमा उनको कोठामा जाँदा कोठा अत्यन्त सफा र बाकसमा ताजा फलहरु हुनेगरेको उनले पाँउछन् । केही फलहरु त बेमौसमी पनि हुन्छन् ।

उन्ले मेरिलाई प्रश्न गर्दछन किन यसरी अदभूत फलहरु तिम्रो कोठामा छन भनेंर ?

मेरिले अल्लाहले आफूलाई फल दिने बताँउदछिन् ।

अली इव्न अबी तालिबले अल्लाहका शब्दलाई व्याख्या गर्दै भन्छन् कि जगतमा सबैभन्दा अनुकरणीय र सर्वश्रेष्ठ महिलाहरुमा मरियम र खादिजाह हुन् ।

एकदिन प्रार्थनाका क्रममा मरियमका अगाडी मानवको भेषमा अल्लाहका दुत आइपुग्छन् र मरियम तिनलाई देखेर डराँउदछिन् । ती दुतले मरियमलाई उनी पवीत्र छोरा दिन आएको र अल्लाह स्वयमले त्यस छोरा मरियमलाई दिएका बताउदछन् । एवं रितले उक्त पुत्रको नाम जिसस रहने र बिश्वको मुक्तिका लागि उनको ठूलो भूमिका रहने र अल्लाहको निकटमका रुपमा उनी रहने बताँउदछन् ।

यी बालकले संसारका मान्छेलाई बाल्यकाल देखि बुढेसकालसम्म सम्बोधन गर्ने र न्यायको अनुसरण गर्ने बताँउदछन् ।

मरियमले अचम्म मान्दै कुनै पुरुषको स्पर्श बिनानै कसरी आफू आमा बन्ने भन्ने प्रश्नमा ति दुतले अल्लाहले यो चमत्कार योजना बनाएको र यसै मुताविक हुनेछ भन्दछन् ।

उनले थप कुरामा जिसस ईज्रेलका बालबाललिकाका प्रेरक रहने बताएर बिदा हुन्छन् । उतीखेर हिब्रु नियम कडा थियो अनि मरियमले बिवाह अघिनै बच्चा जन्माएमा कानुन बिपरित हुने अनि सामाजिक बितृष्णाको शिकार हुने त्रासले मरियम बेथलेहमको पहाडहरुमा पूर्वी जेरुसलेममा गएर बसेको बताइन्छ ।

अल्लाहले गर्भअवस्था भरि कसैसंग नबोल्न र एकन्तमा बस्न उनलाई आज्ञा दिएको कुरानले बताउदछ ।

प्रसव पीडामा छटपटिएकी मरियम ताडको रुख मुनी पीडामा छटपटाइरहेकी अवस्थामै अल्लाहलाई प्रार्थना गर्दछिन् । अल्लाहले रुखमुनीवाट उनीलाई पुकारा गरेको उल्लेख छ ।

यसरी कुरानमा अल्लाहको जन्मका बारेमा लेखिएको छ ।
उता बाइबलमा भने म्याथ्उ र लुक गरि दुई भागमा जिसस जन्मको कथाहरु कुंदिएका छन् । यि दुबै शुभसन्देशरु थोरै फरक छन् या भनौं केही फरक कुराहरुमा केन्द्रित छन् । म्याथ्उले हिब्रुहरुका लागि लेखेका हुन भने लुक ले गैर हिब्रुका लागि जिसस जन्मका घटना परिघटना लेखेका हुन् । यि दुबै तथ्यको साराशं यहाँ प्रस्तुत छ ।

मेरियमको एकजना सिकर्मीसंग बिवाहका लागि कुराकानी छानिसकेको हुन्छ । जोसेफ नामक सो सिकर्मी बेथलेहमा कस्ने हुन्छन् । मरियमलाई भगवानका दुतले दर्शन दिएर उनको कोखवाट पवत्रि पुत्र जन्मने र उन्को नाम जिसस अनि ईमान्नुयल रहने बताएका हुन्छन् । ईम्मानुयलको अर्थ भगवान सदैव साथमा भन्ने हुन्छ । बाइबलले जिसस बेथलेहममा जन्मेको बताँउदछ जब मरियम जोसेफ संग कुनै कार्यक्रममा भाग लिन जोसेफ संग गएको बताइन्छ । उनीहरु बेथलेहम बाट फर्किदा जनावरको गोठमा राती बास बस्दा मरियमले जिससलाई जन्म दिएको बताइन्छ । म्याथ्उका अनुसार बुद्धिमान मान्छेले जन्म साथै जिससको दर्शन गरेका थिए भन्ने छ । लुक का अनुसार गरिब गोठालाहरुले जिससको दर्शन र स्वागत गरेको बताइन्छ । तसर्थ इसाईहरुका लागि जिसस हरेक वर्ग र सम्प्रदायका प्रतिनीधि पात्रका रुपमा लिइन्छ ।

यता म्याथिउका अनुसार भने सपनामा जोसेफले आफूलाई मरियम अनि जिससका साथ ईजिप्ट भाग्ने सल्लाह पाएको किनभने जेरुसलेमका राजा हेराडले आफूलाई नष्ट गर्ने बालकको खोजिमा जोसेफको परिवार खत्म गर्ने जानकारी पाएको बताउदछन् ।

स्वभाविक रुपमा बाइब्लमा अल्लाहका कुराहरु पाइन्न र कुरानमा क्रिस्चियनका कुराहरु बाइबलमा झै पाइन्न । तर यिनै बालक जिसस पछि गएर महान प्रवर्तक भएर हजारौं बर्षपछि पनि बिभिन्न नाम अनि स्वरुपमा करौंडो मान्छेका हृदयमा बिराजमान स्मृती अनि धर्मका प्रतिमूर्ति भएर बस्न सफल छन् । हुन त भगवानका पुत्रका रुपमा आउने अवतारहरुको जन्मका किस्साहरु सदैव अचम्मका हुने गर्दछन् । जिसस हुन या बुद्ध हुन या कृष्ण नै किन नहुन् ?

कारागारवाट भगाइएका नवजात शिशु कृष्णको जन्मको प्रसंग पनि कम छैन, उनी आफ्ना बावुआमा संग नभई अर्कैको परिवारमा हुर्केका हुन्  कृष्णको अवतार अनि जिससको अवतारमा गोठाला अनि ग्वाला सस्कारको ठूलो भूमिका देखिन्छ । जे होस् जन्म भनेको गौण बिषय हो, यि सबैले गरेका कर्म अनि धर्मका सुत्रहरु हजारौ बर्षपछि पनि त्यस्तै तरोताजा छन् ।

हरेक दिन जसो धर्मको नाममा हुने हत्या र हिँसाको अन्त्य होस् । सबैको मनमा भएको इश्वरत्व जागोस ।  अल्लाह अनि जिसस दुबैको साझा भूमि जेरुसलेममा भड्केको अशान्तीलाई यस बर्ष कम गर्दै बिश्वभरि बन्धुत्व छाउन सकोस् । नेपालबाट शुभकामना
लाइभमाण्डु

-सुयोग ढकाल

 

 


Loading comments...