Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार
saudi arabia ambassador

साउदी अरबको अमेरिकाका लागि नयाँ राजदुतः त्यहाँकी राजकुमारी

१४ फाल्गुन २०७५, मंगलवार १०:५९

लोकप्रिय

साउदी अरब अहिले कुटनैतिक कुरामा निकै नै अघि बढिरहेको अनि चिन्तनमा छ जस्तो लाग्दछ । त्यहाँका राजकुमारको दक्षिण एसियाली भ्रमण अनि साउदी अरबको वैदैशिक निति र लगानीका अनि सहयोगका कुराहरु बढ्दा छन् ।

उता अमेरिकामा बस्ने साउदी अरबीमुलका पत्रकार खग्गोशीको टर्कीमा विभत्स हत्यामा प्रत्यक्ष संलग्न मानिएका साउदी राजकुमारको भूमिकाले पछिल्ला समयमा साउदी र अ‍ेमेरिकाबीचको समबन्धका बिषयमा चिसो उत्पन्न भएको पक्कापक्की छ । यस अवस्थामा साउदीको प्रतिनिधित्व गर्दै अमेरिकामा जाने राजदुतको भूमिका यस चिसो समबन्धलाई राम्रो र सुमधुर बनाउन विशेष रहने पक्का छ ।
अहिलेका राजकुमारका कान्छा भाई खादिल बिन सल्मानलाई अमेरिकी राजदुतको पदमा प्रतिस्थापन गर्दै राजकुमारी रिमा बिन्त बन्डारको पदवाहली गरिएको साउदी सञ्चार माध्यमले जनाएका छन् । उता बिन सल्मानलाई भनें उपरक्षा मन्त्री पदमा पदवहाली गर्दै अमेरिकावाट फिर्ता बोलाइएको छ ।

अब खग्गोशीको कुरा गरौं जो वासिंगटन पोष्टका स्तम्भकार पनि हुन् । उनलाई गत अक्टोबरमा साउदी अरबका एजेन्टहरुले टर्कीमा विभत्स हत्या गरेका थिए । खग्गोशी आँफैपनि राजपरिवारका कनिष्ट सदस्य थिए जस्ले गर्दा भित्रिया कुराहरु र तथ्यहरु उनलाई सहजै थाहा थियो । उनलाई हत्या गर्ने अनि प्रतिशोध लिने मनसाय राजकुमार सल्मानले एक वर्ष अघि नै बनाएको तथ्य पनि अहिले सञ्चारमाध्यमहरुमा आउन थालेका छन् ।

साउदी अरबको बढ्दो चर्चा र उदारताका कदमहरुमा खग्गोशीको हत्याले लभगल पूर्णविराम नै लगाइदिएको छ । विश्वको नजरमा फेरि साउदी अबर एउटा कडा ईस्लामीक र तानाशाहको देश हुन पुगेको छ ।

हुन त अहिले अमेरिकाकी राजदुत बनाइएकी राजकुमारी रिमा पनि पूर्व साउदीका अमेरिकी राजदुतकी छोरी र महिला अधिकारका लागि तल्लीन अधिवक्ता पनि हुन् । सरकारलाई उनका कुरा र चर्चा फलामको च्यूरा चपाएझैं भएको भएतापनि साउदी अरबले तिनै राजकुमारीलाई अमेरिकाकालागि राजदुत तोकेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन