rajesh hamal

महानायक राजेश हमाल द्वारा २ करोडको जग्गा दान


नेपाली चलचित्रका महानायक नवलपरासीस्थित आफनो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई २ करोड मुल्य बराबरको जग्गा प्रदान गरेका छन् । उनले आफ्नो हजुरआमाको समय देखि फलाम, कृषि तथा घरको काममा सहयोग गर्नेहरुलाई जग्गा प्रदान गरेका हुन् । भाई राकेश हमाल र सहयोगी सहित पुगेका हमालले तुल्सी कमिनीलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेका हुन् ।

६० वर्षअघिदेखि राजेश हमालकी हजुरआमाले ति परिवारलाई आफनो घरमा काम गर्न राखेकी थिइन । आफनो घरपरिवारको हेरचाह संलग्न ती पि्रवारले हमालकै जग्गामा घर बनाएर आश्रय दिइएको थियो । पुर्खौदेखि सहयोग गर्दै आएका विपन्न परिवार घरवार विहिन भएको थाहा पाएपछि आफुले उनीहरुको बसोबासको लागि जग्गा प्रदान गरेका हुन् ।


Loading comments...