
सीताराम र नयाँ अयोध्याको परिकल्पना
२८ कार्तिक २०७५, बुधबार ०९:३६
कहिलेकाँही दु:ख लाग्दछ जब अल्पज्ञान भएकाहरु आधुनिकता अनि केही वादहरुको आडमा हाम्रा प्राचिन ग्रन्थ, उदहारण अनि पौराणीक पात्रहरु माथि अधिकार अनि असमानताका आक्षेपहरु तेर्र्स्याँउछन् ।
कुरा यस्तै भयो जब बजारमा आएको एउटा नयाँ धर्मका ठेकदारले रामसीताका कथाहरुमा नारीवाद अनि मानवअधिकार लगायतका कुरा घोलेर समाजमा बिष ओकलिरहेको थियो,त्यस्ता धेरै उपबुज्रुकहरु आजभोली भेटिइने चलन छ ।
यो आलेख ति सबैका लागि एउटा उत्तर, हाम्रा ग्रन्थहरु हाम्रा जिवीत इतिहास हुन् जसमा दर्शनअनि बिज्ञान दुबै छन् ।
राम ऐतिहासिक पुरुषमात्र नभई सारा ब्रम्हण्डको मानवताको कसी मानिन्छ । त्यस्तै, सीतालाई ब्रम्हण्डिक आकांक्षाको स्वरुप मानिन्छ ।
अर्थ गहिरो छ अनि स्पष्ट पारिदिने पण्डित या ब्याख्याकार को कमी पनि छ । भागवत सप्ताहमा धर्म अनि दर्शन भन्दा किर्तन, भजन र लिला मात्र गरेर रमाइलो गर्ने चलन बढेको छ, भागवत महापुराण् वाचन अनि सत्संगमा धर्म अनि दर्शनको बढि ब्याख्या र तर्क जरुरी छ। हाम्रा सस्कार केवल रमाइलोका लागि मात्र नभई दर्शनको पुनरावृ ितगर्नका लागि पनि हो ।
यस्तो गहिरो अर्थ नबुझी हामीले रामायण लगायत अन्य ग्रन्थ अनि धेरै पात्रहरुलाई र उनीहरुको शानदार कथालाई बेअर्थ लगाउने हिम्मत गरिरहेका हुन सक्छौँ । राम रावण बिना अपुरा छन्, रावण थियो र त राम भए भन्ने तथ्य पनि एकातिर छ । हामी चलचित्र हेराईलेयति धेरै एकतर्फि पनि भएका छौं कि कुनै एउटा पात्रलाई नायक अनि अर्कालाई खलनायक देख्ने बानी पनि परेको छ जुन नराम्रो हो । हरेक पात्र र कथामा दर्शन अनि भावार्थ लुकेको छ, हामीले सत्य अनि पवित्र कुरालाई आत्मसाथ गर्न सक्नुपर्दछ ।
सीता
कहिलेकाँही त सीता रामायणमा रावण अनि राम भन्दा पनि धेरै गुणा शक्तिशाली पाइन्छ। रावणले हरेर लिएर गएपछि पनि १ वर्षको लंकाको बसाईमा रावणका अनेकन त्रास, डर, भय अनि फकाईमा पनि सीतालाई अडिग पाइन्छ । उनले रावणका हरेक शक्ति अनि सम्पतीलाई ठाडै चुनौति गरिदिन्छिन् । रामले बनवासमा सीतालाई नलैजान बिभिन्न कारण अनि भय देखाएपनि अन्नत सीता बनवास गएकी हुन् । अयोध्याकाण्डमा रामले सितालाई गएर आफ्नो पिताको आज्ञा बमोजिम आफु बनवास गई भरतलाई राजा बनाउने भन्दछन् । सीतालाई आफुसंग बनवास नजान रामको आज्ञा रहन्छ, लगभग १७ श्लोकहरु त रामले बनवासको दुख्ख र कष्ट अभिब्यक्त गर्न खर्च गरेका छन् ।
सीताको जवाफलाई यहाँ अभिब्यक्त गर्न चाहें
हे राम ,तपाँईका यी कुराहरुले मैले बनवासको दुख्खका बारेमा थाहा पाँए भन्दै सीतारानीले उल्टै रामलाई प्रश्न गर्छिन । तपाँईका सुझावले मैलै आफुलाई साह्रै कमजोर र सानो भएको पाँए, जुन म कदापी छैन् । एउटी नारीकालागि न उन्को बुवा, न पती न पुत्र या पुत्रि कसैले पनि अब उप्रान्त निर्णय गरिदिने छैनन् । म आफ्नो निर्णय आँफै गर्दछु र तपाँईसंग वनवास जाँदैछु ।
सीताका कतिपय दृढसंकल्प अनि आत्मसम्मान र स्वाभिमानका कुरा शास्त्रहरुवाट झिक्न हामीले सकेका छैनौं । ब्रिटिशहरुले जागिर दिएका जर्मन अनुवादक म्याक्स मुलरका अर्धअर्थ र उल्टो अर्थ लाग्ने अनुवाद को आधारमा शायद हामीले हाम्रा ग्रन्थवाट पक्कापक्की अर्थ निकाल्न छाड्यौं कि ?
कहाँ कमजोर छिन सीता ? कहाँ अटाएन बिदेशी नारीवाद ?
एउटा पत्नीको रक्षार्थ यूद्धभूमिमा होमिएका राम अनि प्रजाको प्रश्नलाई राजाका हैसियतले उत्तर दिन श्रीमतीको परीक्षा लिन पनि पछि नपर्ने अयोध्या नरेश वास्तवमै मर्यादा पुरुषोत्तम छन् । सीता आँफै आफ्नो रोजाईले वनवास गएकी हुन्, नारीवाद संग सितालाई जोडेर आक्षेप लगाउनेहरुलाई रामायणको पूर्णपाठ गर्ने सुझाव पनि दिन चाहें यहाँ ।
राम र सीता भारत तथा एसियाका इतिहास र संस्कारका हिस्सा हुन् । अहिले उनीहरुको महिमा विश्वभर गुँजिदै छ ।
रामायणको कथा सुनेपछि के बाँदरहरु साँच्चै बोल्न सक्थे त वा राम र सीताले सही गरे त भन्ने किसिमका प्रश्नहरु उठ्नुभन्दा हामी कति सत्यवादी हुन सक्छौँ भन्ने प्रश्न वैधानिक हुन्छ । बाल्मिीकीले रामायणमार्फत राम र सीताको वर्णन गर्दै युवा होस् वा वृद्ध हामीमा उच्च र योगिक धारणाको अवचेतन गराउने प्रयास गरेका छन् ।
सीताको खोजी
रामायण सीताको कथा वरिपरि घुमेको छ । को हुन् सीता ? सीता गर्भबाट जन्मेको नभएर जमिनबाट उत्पत्ति भएकी हुन् । राजा जनकले हलो जोत्ने क्रममा सीतालाई भेटाएका थिए । राजा जनक पनि साधारण राजा थिएनन् । उनी प्राचित भारतका विद्वान् राजा थिए । जनककी छोरीको रुपमा रहेकी सीताले पनि वैद्विक ज्ञान र कला प्राप्त गरिन् । कलात्मक प्रेरणाका कारण उनलाई सरस्वती, धर्तीमा सबै जीवजन्तुको पोषण गराउने क्षमता राख्ने भएकीले लक्ष्मीको, र योगिनी अथवा परिबन्धबाट पार लगाउन सक्ने भएकीले पार्वतीको प्रतिकका रुपमा लिइन्छ । सीतामानिहित आत्मशक्ति तथा चेतनाशक्ति ग्रहणशील तथा मौन मनबाट मात्र प्राप्त हुन्छ जुन अलौकिक हुन्छ ।
सीता हराउनु र फेला पर्नु हाम्रो आत्मज्ञान हराउनु र फेला पर्नुको प्रतिकका रुपमा हेर्न सकिन्छ । लक्ष्मणलाई बुद्धिको आदेश नमान्ने हठी स्वभावको शक्ति र त्यस्तै रामलाई हामी भित्र नै जगाउनपर्ने हाम्रो अवचेतनको रुपमा लिन सकिन्छ । हनुमान वायुका पुत्र हुन् । उनलाई राम र सीतामा समर्पित हाम्रो प्राण मान्न सकिन्छ । रावणले हामीभित्रको भ्रम, अंहकार र शक्तिमोहको प्रतिनिधित्व गर्दछन् ।
नयाँ अयोध्याको परिकल्पना
रामभत्तिमा समर्पित हुनका लागि हामीले धर्म र साधनाको जीवन व्यतित गर्नुपर्छ । मानवीय विचारशक्ति तथा धारणाहरुले भ्याउन नसक्ने लौकिक चेतना आत्मसाथ गर्न सक्नुपर्छ । यसका लागि, हामी सीता बन्नुपर्छ र हाम्रो जीवनको परिकल्पना बनाएर त्यसका लागि त्याग गर्नुपर्छ । लक्ष्मणजस्तै हाम्रो विचारशक्तिलाई धारिलो बनाउँदै क्षणिकबाट अनन्ततर्फ लाग्नुपर्छ ।
हामीले हामीभित्रको हनुमानलाई जगाउँदै हाम्रो परिबन्धलाई परिष्कृत बनाउनका लागि प्रयत्न गर्नुपर्छ । हामीले अज्ञानता र अहंकारलाई मास्दै हामीभित्रको रावणलाई जित्न सक्नुपर्छ ।
हामी सबै अयोध्यातर्पत फर्किने समय आएको छ । यसको मतलब हामीले बाहिरी संसारको मात्र नभएर भित्री संसारको आध्यात्मिक यात्रामा लम्कनुपर्छ । अयोध्या भनेको विवेक, भक्ति, समर्पण तथा एकताको चेतना भएको अलौकिक शहर हो । धर्मको राज्य मानिने अयोध्यामा हरेक प्राणीलाई र इमानदार आचरणलाई बढावा दिइन्छ ।
धर्मको अवतार भगवान रामले हामीलाई हाम्रो मुख्य कर्तव्य भनेको हरेक प्राणीलाई सेवा गर्नु हो भन्ने उदाहरण दिएका छन् ना कि हाम्रा व्यक्तिगत इच्छा पूर्तिका लागि । रामायणबाट हामीले सिक्नपर्ने कुराहरु धेरै छन् तर यसका लागि हामीले नम्र र विवेकी भएर बुझ्न खोज्यौ भने मात्र यसमा लुकेका ज्ञानहरु प्रकट हुन थाल्दछन् ।
जय श्री राम
जय सीता–राम
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान
मलेखु, १५ पुस : तीन वर्षअघि धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरामा पर्र्यो । जमिन चिरा पर्र्यो । घर
काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब
दिनाकर दहाल – कुनै पनि साहित्य, रचना वा कलालाई तत्कालिन परिवेश अथवा देश, काल र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ