भारत शक्तिशाली कि पाकिस्तान ?


पलुवीमाको आत्मघाती आक्रमणको एकसाता पछि भारतले पाकिस्तानी क्षेत्रका आतंकवादी समुहका क्याम्पहरुमा हवाई आक्रमण शुरु गरेको छ । यस अवस्थामा विश्व शान्ति यस दशककै सबैभन्दा संवेदनशील अवस्थामा छ र यस्को कारण हो दक्षिण एसियाका यि २ शक्तिराष्ट्रहरुको वैमनस्यता । सन् १९४७ को बेलायती सामा्रज्यवादको भारतीय उपमहाद्वीपमा भएको अन्तसंगै भारत पाकिस्तान अविछिन्न घृणा र अनवरत युद्धमा होमिएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अब आसन्न निर्वाचनको संघारमा छन् । राष्ट्रियताको कडा संघारमा अहिले समस्त भारतीहरु नै पाकिस्तानी विरोधी नारा र प्रतिशोधमा जलिरहेका छन् । सदासर्वदा युद्ध र वैमनस्यताका बिचमा रहेका यि दुई देशहरुमा को शक्तिशाली छ त भन्ने विषयले पनि निकै रोचकता अनि जिज्ञासा पाएको छ । आखिर सैन्य दस्ता, हतियार, आणविक मिसाइल लगायत युद्धका प्रविधिहरुमा कुन देश प्रखर छ त? आउनुहोस छलफल गरौं ।

सैन्य बजेट
सन् २०१८ मा भारतले ४ ट्रिलियन अमेरिकी डलर जुन उस्को कुल ग्राहस्थ उत्पादनको २ दशमलव १ प्रतिशत सैन्य बजेटमा राखेको इन्टरनेशनल स्टडी फर स्ट्राटेजीक स्टडिजको शोधले देखाँउदछ ।उता पाकिस्तानले गत वर्ष १ दशमलव २६ ट्रिलियन डलर सैन्य दस्ताका लागि विनियोजन गरेको हो जुन उस्को कुल ग्राहस्थ उत्पादनको ३ दशमलव ६ प्रतिशत हुन्छ । यसै वर्ष पाकिस्तानलाई सैन्य सहयोगका लागि १०० मिलियन डलरको वैदेशिक सहयोग पनि भएको पाइन्छ ।

सन् १९९३ बाट २००६ सम्म पाकिस्तानले वार्षिक सरकारी खर्चको २० प्रतिशतभन्दा धेरै रकम सैन्य क्षेत्रमा खर्च गरेको देखिन्छ ।यसै समयमा भारतको भनें सैन्य खर्चको अनुपात १२ प्रतिशतमा मात्र रहेको देखिन्छ ।

मिसाइल र आणविक हतियार

भारतसंग ९ प्रकारका आणविक मिसाइलहरु छन् जस्मा ३ हजार देखि ५ हजार किमी रेन्जका अग्नी ३ जस्ता मिसाइलहरु पनि पर्दछन् उता चिनियाँ सहयोगको पाकिस्तान मिसाइल कार्यक्रममा भारतका कुनै पनि ठाँउ पुग्न सक्ने छोटो तथा लामो दुरिका मिसाइलहरु रहेको सीएसआइएसको प्रतिवेदनले देखाँउछ । पाकिस्तानसंग २००० किमी को रेन्जको साहिन मिसाइल रहेको छ । पाकिस्तानले सन् २०११ मा ट्याक्टीकल न्यूक्लीयर वेपन क्षमता रहेको घोषणा गरेको थियो, यसअन्र्तगत पाकिस्तानले छोटो दुरिका मिसाइलले पनि आफ्नो क्षमता बढाँउदै लामो दुरिको रेन्ज पाउन सक्नेछन् । यो प्रविधी भारतको कोल्ड स्टार्ट निती र प्रविधिको प्रतिउत्तरका रुपमा पाकिस्तानले बिकास गरेको बताइन्छ ।

संक्षेपमा भन्दा पाकिस्तानसंग २४० देखि १५० न्यूक्लीयर वारहेड रहेका छन् भनें भारतसंग लगभग १४० वटा रहेको सीप्रीको अध्ययन प्रतिवेदनले जनाँउदछ । भारतको १२ लाख शक्तिशाली सेना, ३५६५ ट्याकं, ३१०० इन्फान्टरी युद्ध सवारी, ३३६ बख्तरबन्द सवारी र ९७१९ आर्टिलरी पिसेसहरु रहेको तथ्य छ ।  पाकिस्तानको सैन्य दस्ता केहि कम पाइन्छ जस्मा ५ लाख ६० हजार सेना, २४९६ ट्याकं, १६०५ बख्तरबन्दा सवारी, ४४७२ आर्टिलरी बन्दुक र ३७५ सेल्फ प्रोपेल्ड विट्जरहरु रहेको तथ्य छ ।

हवाई सेना
१२७२०० हवाई सैनिक र ८१४ युद्ध जहाजहरु का साथ भारत अहिले तुलनात्मक राम्रो हवाई सुरक्षा भएको देशमा मानिन्छ । भारतको सुरक्षा नीतिमा ४२ स्क्वारड्रन जेटहरु र ९५० हवाइजहाजहरु भए मात्र चीन र पाकिस्तानको हवाई आक्रमण प्रतिरक्ष गर्न जरुरी देखिन्छ । सन् १९६० को रसियन मीग २१ हवाईजहाजहरु अब पुराना भएका कारणले केहि प्रश्न हवाईसुरक्षामा भारतका लागि रहेको बताइन्छ ।
उता पाकिस्तानसंग चिनियाँ एफ ७ पिजी र अमेरिकन एप १६ फाल्कन जेटहरु सहित ४२५ कम्व्याट जहाजहरु छ ।  पाकिस्तानसंग ७ वटा एयरबोर्न वार्निगं सिस्टम रहेको र यो भारतसंग भएको भन्दा ३ वटा बढि रहेको बताइन्छ ।

जलसेना

भारतसंग एउटा एयरक्रफ्ट क्यारियर जहाज, १६ पनडब्ुबी, १५ डिस्ट्रोयर, १३ फ्रिगेट्स, १०६ पेट्रोल पानीजहाज र ७५ कम्व्याट क्यापेबल एयरक्राफ्ट रहेको छ । कुल ६७७०० जलसेनाहरु भारतसंग रहेको छ । उता पाकिस्तानको तुलनात्मक भतरभन्दा छोटो जल क्षेत्र छ, यसंग ९ फ्रिगेट, ८ पनडुब्बी, १९ पेट्रोल र ८ कम्व्याट क्यापेबल एयरक्राफ्ट रहेको छ ।

लाइभमाण्डु

यो पनि पढ्नुहोस्


Loading comments...