Lifestyle Portal
  •   २५ श्रावण २०७९, बुधबार

भारत पाकिस्तानलाई अमेरिकाको आग्रह

१५ फाल्गुन २०७५, बुधबार १४:००

दक्षिण एसिया अहिले तनावमा छ अनि संवेदनशील छ विश्व कै अवस्था । आणविक हतियारले सम्पन्न दुइवटा देशहरु युद्धको संघारमा छन् अनि के अब विश्व यहि युद्धबाट ध्रुविकृत हुने हो त ? प्रश्न र त्रास विश्वभरि छ ।

यसै क्रममा भर्खरै अमेरिकाको सरकारका सचिव माइक पोपीवो ले भारत पाकिस्तान दुबैलाई तुरुन्तै सैनिक क्रियाकलाप बन्द गर्न आग्रह र आव्हान गरेको छ । पाकिस्तान शाषित कश्मिरबाट १० किमि पश्चिमको गाँउ जाबामा भारतीय फाइटर प्लेनले हमला गरे लगत्तै पाकिस्तानको आफ्नो प्रतिउत्तर दिने अधिकार भएको वक्तव्य जारी गरे लगत्तै अमेरिकाले यो आव्हान गरेको हो । भारतको यस आक्रमणमा ४ जना मारिएका र ७ जना सख्त घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएको छ र मृतकमा २ जना अवोध बालकहरु रहेको खबर पुष्टि पनि भएको बताएको छ ।

पोपीयो ले अमेरिकी सरकारको प्रतिनिधित्व गर्दै दुबै देशका बिदेश मन्त्रीसंग भेटवार्ता फरक फरक तवरमा गर्ने बताएका छन् । अलजजिराका स्थानीय रिपोर्टर खालिद चौधरीका अनुसार भारतले १०० किलो पेलोड अर्थात बम झारेको क्षेत्र बाटरासीको घना जगंलमा भएके र त्यस ईलाका सबैभन्दा कम आवादी भएको क्षेत्र भएको पनि वताए । पाकिस्तानी प्रधानमन्त्री यस घटना पछि आफ्ना नेशनल कमाण्ड अथोरिटी संग छलफललाई बसिसकेको जनाइन्छ, यसै कमाण्ड अथोरिटी पाकिस्तानी आणविक हतियारको मुख्य निर्णय गर्ने कमिटी रहेको बताइन्छ ।
हेरौं भारत पाक विवाद कहाँ रोकिनेछ ।

लाइभमाण्डु

यो पनि पढ्नुहोस्

भारत शक्तिशाली कि पाकिस्तान ?

किन भारतीय प्रतिनिधीले पाकिस्तानी प्रतिनिधिसंग हात मिलाएनन ?

पाकिस्तानी प्रधानमन्त्रीको भारतलाई जवाफ

भारतपाक तनाबमा पाकिस्तानको जवाफ

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय

भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको

विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित

भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास