Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

आजाद कश्मिरका २७ औं राष्ट्रपती के भन्दछन् ?

१५ फाल्गुन २०७५, बुधबार १७:१६

लोकप्रिय

भारतपाक सम्बन्धका कुरा र शान्तिका पहलका कुरामा पाकिस्तान शाषित काश्मिरका बासिन्दाले के भन्दछन् त ? यस कुरा र उनीहरुको आवाजको उति चासो खासै दुबै सरकारहरुले देखाँउदैनन् ।

पाकिस्तान शाषित काश्मिरका २७औं राष्ट्रपती अनि लोकप्रीय नेता मसुद खानको भर्खरै दुबई भ्रमणका समयमा अलजजिराले एउटा अन्र्तवार्ता लिएको थियो, आज लाइभमाण्डुमा प्रस्तुत छ जस्ताको तस्तै ।

पलुवामा आक्रमण पछिका घटनाक्रममा तपाँईको विचार के छ ?
भारत आगोसंग खेल्दै छ र कश्मिरका जनताहरुलाई निकृष्ट आक्रमण गर्दैछ । सबै काश्मिरीहरु आतंकवादी हैनन र हामी अतिनायकवादी पनि हैनौं, हामी शान्ति चाहन्छौं जुन दुबै देशले बुझ्न सकेका छैनन् । पलुवीमा आक्रमणमा बिना कुनै आधार र प्रमाण पाकिस्तानलाई तानिनु गलत हो । गएका ७१ वर्षमा यस क्षेत्रमा लाखौंको ज्यान गयो, हजारौं महिलाहरु बलात्कार र यौन दुव्यबहारमा परे त्यसको हिसाब कुन देशले दिने ? अहिलेकै अवस्थामा पनि करिब ६००० पाकिस्तान सटगनको छर्राले दृष्टिविहिन र अर्ध दृष्टिविहिन भएका छन् । भारतले कश्मिरमा एकै पटक दुईवटा कानुन लागु गरेको छ, पब्लिक सेफ्टी एक्ट पीएसए र आर्म फोर्सेस स्पेशल पावर एक्ट एएफएसए जस्ले गर्दा जनतामाथि सेनाको दमन र मानव अधिकारको उल्लँघनलाई प्रोत्साह मिल्दछ । एमनेस्टी इन्टरनेशनलले कश्मिरमा भारतले लगाएको कानुनी प्रावधानलाई गलत बताँउदै कानुनको कमी भनेको छ । बेलायतसंगको उपनीवेशबाट छुट्कारा पाउन लामो संघर्ष गरेको देश भारतले काश्मिरलाई भनें उपनीवेशका रुपमा शासन गर्नु गलत हो ।

के पाकिस्तान शाषित क्षेत्रका कश्मिरिहरु युद्धको त्रासमा छन् त ?
भारतीय हमलाको बिरोध र सरकारलाई प्रतिशोध र प्रतिउत्तर दिन दबाब दिने कार्य पाकिस्तानी क्षेत्रको कश्मिरमा पनि भइरहेको छ ।
तथापी हामी युद्धको बिरोधमा छौं र चाहन्छौं कि भारत अहिले पनि पछाडी हटोस् र युद्ध नहोस् ।

पाकिस्तानले संयुक्त राष्ट्र संघलाई सहजीकरणका लागि गरेको अपिल हाँस्यास्पद भन्ने तर्कहरु आइरहेका छन्, के भन्नुहुन्छ ?

विश्वकै चलन हो, जबजब देशहरु बिच समस्या र मुद्धाहरु आएर समाधान हुन्न तब यूएन लाई गुहार गरिन्छ । शान्ति स्थापनाको कार्य यूएनएससी यूनाइटेड नेशन्स सेक्यूरिटी काउन्सीलको दायित्व हो । यो पाकिस्तानी हाँस्यास्पद हैन किनकि विश्वनै यी दुई आणविक हतियार सहितको देशहरुको युद्धको चपेटामा सकंटमा पर्नेछ । युद्धलाई रोक्नै पर्दछ ।

के कश्मिर दुई देशहरु बिचको सानो मिठाई भएको हो र ?
हेर्नुहोस कश्मिर सानो छैन । २ लाख २० हजार स्क्वायर किमी क्षेत्रफल भएको कश्मिरमा २ करोड आवादी छ, के यो सानो हो ?
भारत शाषित कश्मिरमा शसिन मल्लीकको नेतृत्वको म समर्थन गर्दछु, त्यहाँ कुनै समस्या छैन । यता पाकिस्तान शाािष्त कश्मिरमा पनि केहि समस्या छैन, हामी कुनै देश भन्दा पनि शान्ति र मानवताको समर्थन गर्दछौं ।

त्यसोभए कश्मिर यि दुबै देशहरुबाट अलग र पृथक राज्य हुन पर्दछ त ?
मलाई ठ्याक्क शब्द थाहा छैन तर पाकिस्तानको इस्लामावाद र यहाँ कै मुजफ्फरवादमा भएका प्रेस कन्फेरेन्समा पृथकतावादी नाराहरु गुन्जीए तथापी यसरी नारावाजी गर्नेहरुलाई पाकिस्तानी सरकारले जेल चलान गरेन । भारत शाषित कश्मिरमा पनि यसिन मल्लीकको नेतृत्वमा निकै राम्रा कामहरु भएका छन् । संयुक्त राष्ट्र संघको शान्ति कार्यक्रममा मल्लीक निकै सक्रिय छन् तथापि यूएनएससी ले कश्मिरलाई भारत या पाकिस्तान मध्य कुनै एकको अधिनमा भएर मात्र समाधान हुने बताँउदछ । मलाई लाग्छ यो मुद्दा काश्मिरीहरुले सुल्झाउन सक्नेछन्, आजाद कश्मिरमा कुनै देश या जात या धर्मको विभेद हुने छैन ।

अलजजिराका लागि मसुद खानको अन्तर्वाताको साराशं, केहि कुरा थप स्पष्ट पार्ने हेतुले सम्पादन गरिएको छ ।

लाइभमाण्डु

यो पनि पढ्नुहोस्

भारत शक्तिशाली कि पाकिस्तान ?

किन भारतीय प्रतिनिधीले पाकिस्तानी प्रतिनिधिसंग हात मिलाएनन ?

पाकिस्तानी प्रधानमन्त्रीको भारतलाई जवाफ

भारतपाक तनाबमा पाकिस्तानको जवाफ

पाकिस्तानले भर्खरै भारतको दुइवटा जेट फाइटर खसाल्यो

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा