Lifestyle Portal
  •   १० असार २०७८, बिहीबार

ताप्लेजुङको यो दोश्रो हेलिकप्टर दुर्घटना

१५ फाल्गुन २०७५, बुधबार १५:१९

ताप्लेजुङमा भएको यो दोश्रो हेलिकप्टर दुर्घटना हो । यसअघि सन् २००६ मा यसै जिल्लाको घुन्सामा वातावरणविद् हर्क गुरुङ लगायत मन्त्री सहितको टोली नै भएको हेलिकप्टर दुर्घटना भएको थियो । वन मन्त्री गोपाल राई, उनकी पत्नी, लगायत दुई जना डब्लुडब्लुएफका विदेशी कर्मचरीहरु, फिनीश दुतावासका प्रतिनिधिलगायत २४ जनाको दुखद मृत्यु भएको थियो । अहिले पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाको टोलीको पनि यसै जिल्लामा भएको हेलीकप्टर दुर्घटनाको खबरले सबैलाई स्तब्ध बनाएको छ । सातैजना उक्त हेलीकप्टरमा सवार यात्रु र चालक दलको सकुशलताको प्रार्थनामा लागेका भएतापनि भर्खरै प्राप्त समाचार अनुसार सवार सबैको मृत्युभएको पुष्टि भइसकेको छ । नेपाली उड्ययन इतिहासमै आज सर्वाधिक दुःखको एउटा अर्को दिन थपिएको छ ।

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जनाको निधन भएको नागरिक उड्डयन प्राधिकरणद्वारा पुष्टि समेत भइसकेको छ । अहिले मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ भने सिंहदरबारमा सुरक्षा नियकाका प्रमुखको बैठक पनि चलीरहेको छ ।

पर्यटन मन्त्री अधिकारी चढेको हेलीकप्टर ताप्लेजुङमा दुर्घटना

को को थिए त हेलीकप्टरमा ?

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । निजी सवारी साधन

काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकण गर्न छुटेकाहरुले यही असार ९ गतेसम्म फेरि नवीकरण गर्न पाउने भएका छन्। क्रियाशील छानविन

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा क्रोएसियाले बराबरी खेलेको छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हजार ११८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।