
योगेश भट्टराईको प्रश्नः मौसम खराब हुँदा हुँदै कसरी VIP सहितका ७ जना उडाइयो?
१५ फाल्गुन २०७५, बुधबार २०:५०
प्रधानमन्त्री के पी शर्मा ओलीको जन्म थलो पूर्वी नेपालको तेह्रथुम जिल्लाको चुहानडाँडामा बन्ने भनिएको विमानस्थलको कार्यक्रमबाट पर्यटनमन्त्री रविन्द्र अधिकारीको टोली ताप्लेजुङस्थित पाथीभरा मन्दिर गएको र त्यहाँबाट उडेको केहीबेरमैं वहाँ लगायत अन्य ७ जना चढेको हेलिकप्टर दुर्घटनामा परेकोको घटनाका विषयमा एमालेका लोकप्रिय युवा नेता योगेश भट्टराईले उडानमा सवार संख्याका विषयमा केहीबेर अघि एउटा गम्भिर स्ट्याटस लेख्नुभएको छः
VIP उडानमा पाइलट सहित् ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।
वहाँको यो स्ट्याटस यदि VIP हरुको सुरक्षा तथा विशेष प्राविधक तहमा पूर्वतः अभ्यास गरीने सामान्य अवस्था हो भने हेलिकप्टर आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? छानबिन हुनु आवश्यक छ ।
नेता भट्टराईको यो स्ट्याटस अघि उनले ताप्लेजुङमा आज अपरान्ह भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका राजनीतिक सहयात्री तथा मित्र अधिकारीप्रति फेसबुक स्ट्याटसमा यसरी भावुक श्रद्धासुमन पोख्नुभएको थियो नेता भट्टराईलेः
प्रिय साथी म निशब्द छु ! म स्वीकार गर्दिन् ! तिम्रै आवाजले एकपटक बताइदेउन् यार् ।
अंग्रेजीमा पढ्नुहोस्:
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा