Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

आँखाको ख्याल राख्ने ५ दैनिक उपायहरु

१६ फाल्गुन २०७५, बिहीबार ०६:००


आँखाको ख्याल राख्न किन जरुरी छ भन्ने कुरा हामीसबैलाई थाहा छ । आँखा छ र त रंग छ, हरियाली छ अनि सुन्दरताको अमुक भाव छ । यसो भन्दैमा हामीले दृष्टिविहीन साथीहरुको सुन्दरताको अनुभुतीलाई कम आँक्न खोजेको भनें हैन तथापी आँखाको ख्याल राख्न जरुरी त हामीसबैले छ नि, हैन र ? त्यसमाथि बिकासका पूर्वाधार जस्तै बाटाघाटा, पुलपुलेसा बनाँउन अहिले धुलो त जताततै छ । राजधानी काठमाडौं त झन धुलोमाण्डुनै भएको छ, बाटोमा खुल्ला अनुहार हिंडेमा गन्तब्य पुग्दासम्म मान्छेको अनुहार धुलोले चिन्ने नसकिने हुन्छ । यस्ता अवस्थामा आँखाको सुरक्षा झन चुनौति हुनजान्छ ।
आउनुहोस दैनिक जिवनमा लागु गर्नपर्ने १२ उपायहरु यहाँ प्रस्तुत गर्दछौ है ।

१, अनावश्यक आँखा मिच्ने बानी नगर्नुहोला

आँखा मिच्दा हातको प्रयोग गरिन्छ र औंलाहरु सफा नहुन पनि सक्दछन् । धेरै आँखा मिच्ने गरेमा औंलाको माध्यमबाट आँखामा धुलो र संक्रमण हुन सक्छ है । धेरै आँखा मिच्ने बानी छ भने सावधान हुनु पर्दछ है ।

२, बेलाबेलामा हातलाई सफा गरि धुने बानी बसालौं

हात र औंलाको माध्यमबाट चश्मा, कन्ट्याक्ट लेन्स लगायतमा ब्याक्टेरिया पस्न सक्ने संभवना हुन्छ । सामान्यतया साइकल,मोटरसाइकल या गाडीमै सवार गर्दा पनि हातमा संक्रमणजन्य किटाणुहरु आउन सक्दछन् । त्यकारणले आँखालाई जोगाउन हातको सरसफाई धेरै जरुरी छ नि ।

३, कमप्यूटरको मनिटर या टिभी अनि काम गर्ने कोठाको उज्यालो बिचार गरौं

हुन त अहिलेसम्म कमप्यूटर या अन्य स्क्रिनले आँखा बिगार्ने कुरा प्रमाणीत त भएको छैन तथापि हामी सुरक्षीत हुन जरुरी छ । हामी धेरै जना कमप्यूटरमा काम गर्दछौ, स्मरण रहोस् कमप्यूटरको तह आँखाको तहभन्दा करिब २० डिग्रि तल हुन जरुरी छ । अनि कोठामा धेरै प्रकश र चहकिलो भएमा आँखामा अनावश्यक चाप पर्दछ । कोठाको र स्क्रिनको प्रकश तसर्थ धेरै चहकिलो नबनाएकै बेस ।

४, २० २० २० को नियम लागु गरौं

हरेक २० मिनेट कमप्यूटरको स्क्रिनमा हरेपछि लगभग २० फिट परको केही कुरामा हेर्ने बानी बसाएमा आँखाको खुम्चन र फैलन नियन्त्रणमा आँउछ ।समय समयमा २० पटक परेला झीमझीम गर्नुहोस् र यसो गर्नाले आँखालाई सुख्खापनबाट जोगाँउछ ।हरेक २० मिनेटमा कुर्सीवाट उठेर २० कदम अगाडी या पछाडी हिंडनुहोस् । यसो गर्नाले आँखामाज्ञ नभई बसाईको अवस्थिती पनि सही हुन जान्छ । ढाडको समस्या पनि कम हुन्छ ।

५, वरपरका वातावरण सफा राख्नुहोला

धुलो जम्ने समस्या हामीकहाँ धेरै छ । अझ कार्यालयमा पुराना फाइल, थोत्रा सामान, मान्छेहरुको धेरै आवागमन, खुल्ला झ्याल र सामानहरुको चहलपहलले धेरै फोहोर बनाँउदछ । सुष्म धुलोका कणहरुले आँखालाई असर पुर्याउदछ तसर्थ चाहे कार्यालय होस् या घर सरसफाई जरुरी हुन्छ ।

यसका अलावा धुलोमा हिडदा चश्मा लगाउने, अनावश्यक अरुहरुको चश्मा नलगाउने, आँखामा सौन्दर्यका कुराहरु लगाँउदा गुणस्तरमा ध्यान दिने र पर्याप्त पानी पिउने, आँखालाई सफा पानीले बेलाबेलामा सफागर्ने त हामीलाई थाहै छ, हैन र ?

आँखाको ख्याल राखौं

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत