
हवाईयात्राको सुरक्षामा सरकारको भूमिका
१६ फाल्गुन २०७५, बिहीबार १४:००
हवाईयात्रा जति सहज र छरितो छ, त्यतिनै जोखिमपूर्ण छ आकाशको सयर । नेपाली भौगोलिक परिवेश र मौसमको जटिलताले हवाई उडानको सुरक्षामा निकै चुनौतीहरु थपिदिने गरेको छ । ककनी आसपासमा खसेको सन् १९९२ को थाइएयरको विमान होस् या पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको सन् १९९२ मा भटेडाँडामा खसेको जहाज होस्, आन्तरिक उडानका दर्जनौं बढि जहाज र हेलीकोप्टर दुर्घटनामा पनि नेपालले संैयौं हजारौं आशालाग्दा नागरीक र अगुवाहरु गुमाएको छ ।
ताप्लेजुङ्गको पनि यो दोश्रो हेलीकप्टर दुर्घटना हो र यसै जिल्लाको घुन्सामा सन् २००६ मा वहालवाला मन्त्री लगायत कुटनैतिक नियोगका प्रतिनिधि, अन्तरािष्ट्रय गैरसरकारी संस्थाका कर्मचारीहरु अनि हर्क गुरुगंजस्ता चिन्तन र विष्लेषण गर्न सक्ने होनहार नागरीक र वातावरणविद्ध गुमाएको हो । हिजो फेरि त्यहि जिल्लामा भएको हेलीकप्टर दुर्घटनामा अर्का वहालवाला मन्त्री रविन्द्र अधिकारी लगायत कर्मचारी, सुरक्षाकर्मी र पर्यटन उधमी, चालक अनि सुरक्षाकर्मी गुमाएको छ । गत वर्ष पनि बंगलादेशको ढाकाबाट काठमाडौं आइरहेको विमान दुर्घटना हुँदा विमानमा सवार प्राय मानिसले ज्यान गुमाएको समाचार हामीले भूलेका छैनौं ।
दिनमा कति जना मानिस हवाई विमान प्रयोग गरी यात्रा गर्दछन् होला, अनुमान गर्न सक्नुहुन्छ ?
अन्तर्राष्ट्रिय उड्डयन संघ, आइएटिएका अनुसार विश्वभर हरेक दिन एक करोड मानिस हवाइयात्रा गर्दछन् । हिजो भएकोजस्तो प्राविधिक गडबडीका कारण हुने दुर्घटना त रोक्न नसकिने वा आइपर्ने घटनामध्येको हो । जानाजान हवाई विमान निशानामा परे भने चाहिँ लाखौं मानिसले एकै पटक ज्यान गुमाउनपर्ने निश्चित जस्तै छ ।
एक करोड मानिस हवाइयात्रा गर्दाको संवेदनशीलता हामी अनुमान पनि गर्न सक्दैनौं । भविष्यमा हुनसक्ने युद्ध वा शक्तिशाली राष्ट्रबीचको खटपटमा हुन सक्ने विमान हमलाको यस्तै जोखिम हटाउनका लागि आइएटिएका कार्यकारी निर्देशक, एलेक्जेण्डर डी जुनियाकले सूचना केन्द्र स्थापित गर्ने लक्ष्य राखेका छन् । तर, विभिन्न मुलुकका सरकारहरुले यसप्रति देखाएको उदासिनताका कारण सो लक्ष्य प्राप्ति असफल भएकोप्रति भने उनी रुष्ट भएका थिए ।
च्यानल न्युज एसियासँगको अन्तर्वार्तामा केही दिन अघि मात्र उनले आइएटिएको सूचना केन्द्र बनाउने प्रयास मुलुकहरुको सरकारको बेवास्ताका कारण असफल भएको बताएका थिए । आइएटिएको सो प्रयास अनुसार जोखिमयुक्त क्षेत्र र उडान भर्न नमिल्ने क्षेत्रहरुको सूचना संकलन गर्ने सो प्रयासको लक्ष्य रहेको थियो । सरकारमा बस्ने प्रमुखहरुको सूचना संकलनका लागि चाहिने सहकार्य तथा सहायता पु¥याउन गाह्रो हुन्छ भन्ने मानसिकतामाथि उनले तीव्र आलोचना गरेका थिए ।
विश्वभर भरिने ८३ प्रतिशत उडान तथा २ सय ८० विमानस्थलको हिसाबकिताब राख्दै आएको आइएटिएले विश्वमा बढ्दै जान सक्ने राजनैतिक तनावलाई मध्यनजर गर्दै हवाइयात्रामा हुन सक्ने जोखिम कम गर्न सो प्रयासको थालनी गरेको हो । सन् २०१४ जुलाईमा युक्रेनमा उडिरहेको मलेसिया एयरलाइन्स विमानलाई रुसविरोधी समूहले निशाना बनाउँदा विमानमा सवार २ सय ९८ को मृत्यु भएको थियो । गएको डिसेम्बरमा दुई कोरियाबिच आणविक हतियारको विषयमा चर्किरहेको तनावकाबीच उत्तर कोरियाले मिसाइल परिक्षण गरेको समाचार क्याथे प्यासिफि विमानका चालक दलले सार्वजनिक गरेका थिए ।
विभिन्न मुलुकका राज्यप्रमुखहरुले सूचनाको संवेदनशीलतालाई लिएर सूचना केन्द्र स्थापनाको लागि पहल नगरेको बारे जानकार रहेका आइएटिएका निर्देशक जुनियाकले संवेदनशील सूचान प्रकाशन जरुरी नरहेको पनि बताउँदै आएका छन् । तर, सूचना आदानप्रदान अहिलेको समयमा निकै महत्वपूर्ण रहेको पनि उनले बताए ।
आइएटिएले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०१६ मा ३ अर्ब ८० करोड यात्रु हवाइमार्ग हुँदै यात्रा गर्थे भने यो संख्या सन् २०३५ सम्ममा दुई गुणा बढ्ने अनुमान गरिएको छ । यसको मतलब २०३५ मा ७ अर्ब २० करोड मानिस हवाईयात्रामा निर्भर हुनेछन् ।
अरुको तुलनामा एसियामा हवाइयात्रा गर्नेहरुको संख्या तीव्र रुपमा वृद्धि भइरहेको पनि सो प्रतिवेदनमा उल्लेख रहेको छ ।
दिनमा एक करोड मानिस र टनका टन सामानहरु ओसारपसार हुने भएका कारणले पनि आवश्यक सूचना सार्वजनिक गर्न निर्देशक जुनियाकले विश्वभरका मुलुकसंग अपिल गरेका छन् । “सुरक्षा सरकारको जिम्मेवारी हो, ” उनी भन्छन् ।
सरकारी स्रोत तथा सूचनाका साथै संगै काम गर्न सकिएको खण्डमा विश्वभर हवाईयात्रा सुरक्षित बनाउन सकिनेमा उनी विश्वस्त छन् तर यसका लागि विश्वका नेताहरुमा राजनैतिक इच्छाशक्ति हुनुपर्नेमा उनको जोड छ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा