Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार
Police

प्रहरी जवानले धमाधम जागिर छाडदै, तलवले परिवार पाल्नै समस्या

१६ फाल्गुन २०७५, बिहीबार १२:३१

लोकप्रिय

टेकुस्थित काठमाडौं प्रहरी परिसरमा राजीनामा हातमा लिएका एक प्रहरी जवान भन्दै थिए, ‘संगठनमा भन्दा त ट्याक्सी चलाएर राम्रोसँग परिवार धान्न सक्छु ।’

चालकको दरबन्दीमा कार्यरत उनले जागीर छाड्ने योजनाअनुसार नयाँ ट्याक्सी किनेको सुनाए । अन्य दरबन्दीमा भएका जवानले थोरै मात्र बिदा पाउने र २४ सै घण्टा तम्तयार रहनुपर्ने बाध्यता रहेको गुनासो उनको थियो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

परिसरमा यसवर्ष जवानदेखि सइसम्म १ सय ५९ जनाले राजीनामा दिइसके । छाड्ने सबै पेन्सन अवधि पुगेका कर्मचारी छन् । राजीनामा दिनेमध्ये २९ जना चालक थिए ।

२०७१ मा १७२३ जनाले, २०७२ मा १२५२ जना, २०७३ मा ११६० जनाले, २०७४ १७८१ जनाले र २०७५ साल माघसम्म २५१० जनाले संगठन छाडेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै