Lifestyle Portal
  •   २० आश्विन २०७९, बिहीबार

अधिकारीको शव श्रद्धाञ्जलीका लागि बिहीबार टुँडिखेल राखिने र दाहसंस्कारका लागी शुक्रबार गृहनगर पोखरा लगिने

१६ फाल्गुन २०७५, बिहीबार १३:१२

लोकप्रिय

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी र उनका अंगरक्षक बाकेह अन्य पाँच यात्रुको शव पहिचान हुन सकेको छैन ।

बुधवार १२ बजेर ३५ मिनेटमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री अधिकारी, उनका अंगरक्षक अर्जुन घिमिरे, पर्यटन ब्यवसायी आङछिरिङ्ग शेर्पा, नागरिक उड्डयन प्रधिकरणका उप–महानिर्देशक वीरेन्द्र श्रेष्ठ, नागरिक उड्डयन प्रधिकरणका निर्देशक ध्रुवदास भोछिभोया, उप–सचिव युवराव दाहाल र क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारी लगायत अन्य सात जनाको शव काठमाडौँ ल्याई सके पछी पोस्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाजगञ्ज लगिने भएको छ। ताप्लेजुङमा शव परीक्षण हुन नसक्ने भएपछि शव पहिचानको लागि शिक्षण अस्पताल लग्नु परेको हो।

मन्त्री अधिकारीसहित सातै जनाको शव बिहीबारै पोष्टमार्टम गरिने छ । मन्त्री अधिकारीको शव श्रद्धाञ्जलीका लागि बिहीबार टुँडिखेल राखिने र दाहसंस्कारका लागी  शुक्रबार गृहनगर कास्की, पोखरा लगिने नेपाल कम्युनिस्ट पार्टीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै