rabindra adhikari

किन भयो श्रद्धाञ्जलीका लागी टुडिखेलमा हुने भनिएको आजको सबै कार्यक्रम रद्द !


बुधवार १२ बजेर ३५ मिनेटमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री अधिकारी, उनका अंगरक्षक अर्जुन घिमिरे, पर्यटन ब्यवसायी आङछिरिङ्ग शेर्पा, नागरिक उड्डयन प्रधिकरणका उप–महानिर्देशक वीरेन्द्र श्रेष्ठ, नागरिक उड्डयन प्रधिकरणका निर्देशक ध्रुवदास भोछिभोया, उप–सचिव युवराव दाहाल र क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारी लगायत अन्य सात जनाको शव काठमाडौँ ल्याई सके पछी पोस्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाजगञ्ज  लगियो । ताप्लेजुङमा शव परीक्षण हुन नसक्ने भएपछि शव पहिचानको लागि शिक्षण अस्पताल लग्नु परेको हो।

पोष्टमार्टम गर्न अझै केही घण्टा लाग्ने भएको कारणले गर्दा टुडिखेलमा आजको सबै कार्यक्रम रद्द भएको छ । भोलि बिहान ८ बजे मात्रै ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी दिवंगत भएका सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ ।

यो पनि पढ्नुहोस् 

 


Loading comments...