
जापान जान एन–४ तहको भाषा र सम्बन्धित कामको अनुभव भएको हुनु पर्ने
१७ फाल्गुन २०७५, शुक्रबार ०७:५०
रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीहरुले एन–४ तहको जापानी भाषा उर्तिण गर्नेहरु रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका हुन् ।
जापानी भाषामा एन–४ तह उर्तिण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो । केयर गिभरको लागि भने एन–४ तहको भाषा पर्याप्त नहुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए ।
दुई महिनाअघि जापानले मन्त्रिपरिषद्ले नेपालीसहित विदेशी कामदार लैजाने निर्णय गरेपछि नेपाल उत्साहित छ । आउँदो अप्रिलदेखि नेपाली कामदार लैजाने भनिए पनि मन्त्रालय मार्चदेखि नै भाषा परीक्षणको प्रक्रिया थाल्ने तयारीमा छ ।
जापान जानेले भाषाको साथै सम्बन्धित कामको अनुभव र सीप पनि सिकेको हुनुपर्छ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा
सीएनएन । लुइ भुटानको विमान आकारको लक्जरी ह्यान्डब्याग ३९ हजार डलर अर्थात नेपालको ४६ लाख रुपैँयाभन्दा धेरैमा बिक्री भएको छ
काठमाडौं । विश्वमा जुम्ल्याहा शिशुको जन्म बढ्दै गएको अनुसन्धानकर्ताहरुले बताएका छन् । वर्षेनी विश्वमा १६ लाख जुम्ल्याहा शिशु जन्मने गरेका