
यसरी हुदै छ पोखरामा रवीन्द्र अधिकारीको अन्तिम बिदाइ
१७ फाल्गुन २०७५, शुक्रबार १३:४१
हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याइएको छ । श्रद्धाञ्जली सभा सुरु भइसकेको छ । श्रद्धाञ्जली दिन दिवंगत अधिकारीका शुभचिन्तक एवम् आफन्तको घुइँचो लागेको छ ।
काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट अन्तिम श्रद्धाञ्जली एवं अन्त्येष्टिका लागि शव पोखरा विमानस्थलमा ल्याइएको हो । शव ल्याउने भएपछि उनका आफन्तजन, पार्टीका नेता तथा कार्यकर्ता बिहानैदेखि पोखरा विमानस्थलमा जम्मा भएका छन् ।
उनको शवलाई नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम लागि राखिनेछ । श्रद्धाञ्जलिपश्चात् पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटसम्म शवयात्रा गरी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
जर्मनी। जर्मनीमा कोरोना भाइरस संक्रमणले डरलाग्दो रुप लिएपछि बुधबार संसदले कोरोना सम्बन्धी नयाँ स्वास्थ्य नियम पारित गरेको छ। करिब दुइ
काठमाडौं। चीनमा एक २८ वर्षीय युवक भाइरल भइरहेका छन्। वास्तवमा झङ कुनवेइ नामका यी व्यक्तिले एउटा लेख लेखेका छन् जसमा
एजेन्सी । अमेरिकी अंतरिक्ष एजेन्सि नासाले मंगल ग्रहमा एउटा सानाे हेलिकाेप्टरकाे सफल उड़ान गरेकाे छ । इनजेनिटी नामकाे उक्त ड्रोन
दार्चुलाको महाकाली नदीमा भारतले एकतर्फी रूपमा बनाइरहेको पर्खालको दुवै देशका नापी अधिकृतले स्थलगत अध्ययन गरेका छन् । प्रतिनिधि सभाको बैठकमा