
कृषिमा योगदान पुर्याउने उद्देश्यले “भिजन ग्रुप”ले नयाँ प्रबिधि भित्र्याउदै
१७ फाल्गुन २०७५, शुक्रबार १५:०७
देशको कृषि विकासका लागि र राज्यका हरेक किसानका निम्ति कृषिमा केही योगदान दिने उद्देश्यले स्थापना भएको यस “Vision, a change in agriculture” ग्रुपले मुलुकको कृषि अवस्थालाई माथि उकास्नकालागि विभिन्न कार्य हरु गर्दै आइरहेको छ।
भिजन ग्रुपले गरेका कार्यहरु जस्तै समाज सेवा, प्रकृति लाइ प्रविधि मा बदल्ने प्रयासमा र किसान हरुका निम्ति सस्तो दरमा विभिन्न मेसिनहरुको निर्माण गरेको छ र सबै भन्दा रोचक कार्य युवा वर्गहरुलाइ कृषि क्षेत्रमा जिग्यासा जगाउनका लागि प्रविधिको सहयोगले “focus live Quiz” नामक कार्यक्रमको आयोजना गरेका छन। focus live quiz को कुरा गर्ने हो भने यो एउटा यस्तो कार्यक्रम हो जहाँ youtube, live र Quiz लाइ सङ्गै connect गरेर नेपाल मै पहिलो पटक +2 का विद्यार्थीलाई मध्येनजर राखेर Quiz खेलाइन्छ। सबै प्रश्न कृषि सम्बन्धी सोधिने उक्त कार्यक्रमकी सञ्चालिका रक्षा बम, कार्यक्रम निर्देशक समिर कुमार श्रेष्ठ र कार्यक्रमको विषय वस्तु लेखक आयुष कर्ण रहेका छन्। सो कार्यक्रममा १० वटा प्रश्न सोधिन्छ भने ९ वटा प्रश्नको एक शब्दमा उत्तर हुने गर्छ भने दशौं प्रश्न विवेचनात्मक हुने गर्छ। कार्यक्रम शुक्रबार राति ९ बजे प्रकाशित गरिन्छ।ग्रुपका अध्यक्ष कार्यक्रम निर्देशक भन्छन् ” युवाशक्ति कृषि र प्रविधिलाई एउटै बाटोमा डोर्याउनकालागि यस कार्यक्रमको आयोजना गरेको हो”।
देशको कृषिक्षेत्रमै केही गर्छौँ भन्ने उद्देश्यका साथ स्थापना भएको यस “भिजन” ग्रुप ले विभिन्न प्रकारका कृषिऔजार हरु पनि निर्माण गरि नेपाल कै सबै भन्दा ठूलो science exhibition ‘LOCUS’ मा Most Applicable मेसिन को उपाधि हासिल गर्न सफल भएको छ। । उक्त औजारहरूको नाम “सिक्स इन् वान् एग्रिकल्चर टुल्स्” हो। “सिक्स इन् वान् एग्रिकल्चर टुल्स्” नाम गरेको यस मेसिन खेती गर्नमा चाहिने मुख्य ६ वटा कार्यमा प्रयोग गर्न सकिन्छ। एउटा मुख्य मेसिन र बाँकी पाँच वटा सहयोगी मेसिन मिलेर रोप्ने, बिउ छर्ने, पानी पटाउने,काट्ने, र माटो मिलाउने जस्ता कार्य हरु गर्न सक्छ।
सबै पाँच वटा माध्यमिक मेसिन प्रमुख अथवा मुख्य मेसिनमा अनावश्यकता बमोजिम जोड्न र छुटाउन मिल्छ। यस मेसिनलाई १० वर्षीय बालक देखि ६५ वर्षीय बुवासम्मका यानकी जस्तो सुकै वर्ष समूहका मानिसहरूले नियन्त्रण गरी त्यसमा स्वयम् आफूले उर्जा दिएर काम गर्न मिल्ने खाले बनाएको छ। यस मेसिनमा कुनै पनि विधुतिय वा रोबोटिक्स भाग प्रयोग गरिएको छैन। नेपालकै कृषिलाई ध्यानमा राखेर आर्थिक अवस्था कमजोर भएका किसानहरूले पनि किन्न सक्ने गरी नेपाली बजारमा सस्तो भन्दा सस्तो मुल्यमा उपलब्ध गराउने टिम भिजनको ठूलो धोको रहेको छ। यो मेसिन मानिस भन्दा छिटो र सजिलै काम गर्न सक्ने हुनाले नेपालमा पनि खेती गर्न सजिलो हुन सक्छ भन्ने कुरालाई प्रष्ट पारेको छ। ग्रुप कि सदस्य रक्षा बम भन्छिन्, “भिजन ग्रुपको लक्ष्य भनेको नै देशमा कृषिको विकास हो जसलाई हामी सबै जनाको साथ र सहयोगको अति नै आवश्यकता छ ।” मुलुकको कृषि विकासका लागि युवा वर्ग आफै अग्रसर भएकाले यस कुरामा सरकारको ध्यानाकर्षण होस् भन्ने भिजन ग्रुपका सम्पूर्ण सदस्यहरूले अनुरोध गरेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कम्पोष्ट मल बनाउने कार्य सुरु गरेको छ । फोहरलाई स्रोतमा नै वर्गीकरण गर्ने र जैविक फोहरलाई
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने