
पाकिस्तानको शान्तिपूर्ण कदम
१७ फाल्गुन २०७५, शुक्रबार १५:०२
भारत पाकिस्तान दुबै देशका नेताहरुले पछिल्ला समयमा भएको तनावलाई शान्ति अनि संयमतापूर्ण कदमका साथ अघि बढाइरहेका छन् । सामान्यतया अमेरिका या अन्य कुनै प्रभुत्व भएको देशको मध्यस्तता अनि संयुक्त राष्ट्र संघको सहभागितामा शान्तिका कदमहरु हुने गरेको भएतापनि यसपाला चाँही दक्षिण एसियाले विश्वलाई शान्तिको पहलमा नयाँ सन्देश दिँदै छ ।
भारतले नै पनि हमला गर्दा आवादी नभएको अनि आतंकवादीको क्याम्प रहेको आशंका गरिएको ठाँउमा हमला गरेको बताइन्छ भनें पाकिस्तानले प्रतिरक्षालाई जोड दिँदै शान्तिकै पहल गरिरहेको छ । पाकिस्तानले भारतीय प्लेनलाई आफ्नो हवाइक्षेत्रमा खसालेपछि उक्त प्लेनका पाइलटलाई शान्ति कदम स्वरुप आज दिँउसो वगाह वोर्डरमा भारतीय पक्षलाई सुम्पने तयारी गरेको पाकिस्तानी रेडियोले भर्खरै प्रसारण गरेको छ । पाकिस्तानी प्रम लगायत वैदेशिक पक्षले शिजैबाट छिटै उक्त पाइलटलाई रिहा गरेर शान्तिको सन्देश दिने बताइरहेका थिए ।
उक्त पाइलट वीगं कमाण्डर अभिनन्दन वर्तमान हुन् । पाकिस्तानी विदेश मन्त्री साह मुहम्मद कुरेशीले उन्को रिहाई आज दिँउसो वगाह वोर्डरमा हुने बताएका छन् । बुधबारको दिन कश्मिरको आकाशमा दुबै देशका फाइटरहरु बिच डगफाइट भएको समयमा अभिनन्दनको जहाजलाई पाकिस्तानी हवाईसेनाले खसालेको हो । उनी इमरजेन्सी प्याराशुटको प्रयोग गरि सकुशल अवतरण गरेर बाँचेका हुन् । पाकिस्तानी एयरफोर्सको फेसबुक पेजमा अभिनन्दनका छोरालाई एउटा पत्र लेखिएको छ जस्मा उनका बाबालाई उनी जस्तै अरु कश्मिरका छोरा असिन बुवाहरुलाई बम खसालेर आक्रमण गर्न नआउन भनेंर विन्ती गर्न भनिएको छ । अभिनन्दनका छोरालाई सम्बोधन गरिएको उक्त पत्र अहिले सामाजिक सञ्जालमा भाइरल छ । आँउदा भारतीय पुस्ताहरुमा कश्मिर र पाकिस्तानको धारणा सकारात्मक बनाउन यो पत्रको मर्म छ । भारत र पाकिस्तानको समबन्धमा यो पाइलटको सुपुर्दगी एउटा महत्व कदम बनोस्, विश्वलाई शान्तिको अपेक्षा छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै