Lifestyle Portal
  •   २२ जेष्ठ २०८०, सोमबार

के थियो त पाकिस्तानको पत्रमा ?

१७ फाल्गुन २०७५, शुक्रबार १७:०२


पाकिस्तानी सेनाको कब्जामा परेका भारतीय वायु सेनाका पाइलट अभिनन्दन वर्तमान आज रिहा हुँदै छन्। उनलाई अपराह्न दुवै देशका पन्जाब राज्यको वाघा सीमामा भारतलाई हस्तान्तरण गरिने तयारी गरिएको छ। गत बुधबार भारत र पाकिस्तानबीच भएको हवाई आक्रमणमा भारतीय वायुसेनाका अभिनन्दन वर्तमानलाई पाकिस्तानले समातेको थियो। त्यसको भोलीपल्टै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले “शान्तिको संकेत”का रूपमा अभिन्दन फिर्ता गर्ने घोषणा पाकिस्तानी संसद्मा गरेका थिए।

कब्जामा रहेका अभिन्दनलाई पाकिस्तानले फिर्ता गर्ने भएपछि भारतभर हर्ष छाएको छ भने उदराता देखाएको भन्दै पाकिस्तानी प्रधानमन्त्रीको प्रसंसा भइरहेको छ। पाकिस्तानी सेनाको कब्जामा परेपछि पाइलट अभिनन्दन चर्चामा रहेका छन्। उनै अभिन्दन रिहाइ हुनुअघि अघिल्लो दिन सैन्य मामिला सम्बन्धी समाचार साइट ‘पाक आर्म्ड फोर्स’मा उनका छोरालाई सम्बोधन गरिएको एउटा भावुक पत्र प्रकाशित गरिएको छ।उक्त पत्रमा ‘उपहारको रुपमा’ अभिनन्दनलाई फिर्ता गराउन लागिएको भन्दै उनलाई केही प्रश्न पनि सोधिएको छ। श्रीमती, छोरासहित अभिनन्दन हेको तस्बिर राखिएको पत्रमा सोधिएको छ–घृणा शक्तिशाली हुन्छ कि माया ?

हेर्नुहोस् यस्तो छ, अभिनन्दनका छोरालाई सम्बोधन गरेर लेखिएको पत्रः

हाई लिटिल बन्नी !
बधाइ छ। तिमी छिटै आफ्ना बुवालाई अंकमाल गर्न गइरहेका छौ। हामी उनलाई तिमीकहाँ उपहारको रुपमा पठाउँदैछौं, यो कुराको पर्वाह नगरिकन कि उनी यहाँ तिमीजस्तै कैयौं माथि बम बर्साउन आएका थिए। बनी सुन, तिमीलाई मेरो एउटा अनुरोध छ। जब उनी भावुक भएर तिमीलाई अंकमाल गर्ने छन्, कृपया मेरो तर्फबाट उनीसँग केही प्रश्नहरु सोधिदिनु। उनीसँग सोध्नु– ड्याड, के म जस्तै कश्मिरी बालबालिकाहरुसँग आफ्ना पिताको साथमा खुसीसाथ बाँच्ने अधिकार छैन ? उनीसँग सोध्नु– यदि उनीहरुले तपाइँलाई हिंस्रक भीडको बीचमा छोडिदिएको भए ? उनीसँग सोध्नु – युद्ध र घृणाको मुल्य के हुन्छ  उनीसँग सोध्नु– के शक्तिशाली हुन्छ ? घृणा कि माया ? उनीसँग सोध्नु – जीवन र मृत्युमा के सुन्दर हुन्छ ? म यी प्रश्नहरुको जवाफको प्रतिक्षामा हुनेछु। खुसी रहनु लिटिल बन्नी।

म चाहन्छु एक दिन तिमी आफ्ना पितासँगै हामी कहाँ आउ। हातमा बम र मिसाइल होइन फूल लिएर आउ। अनि अझै एउटा कुरा– म बाचा गर्छु कि हामी कसैलाई पनि तिम्रो मुस्कान खोस्न दिने छैनौं |

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै