
नेपाली गीत गाउने आर्को मुखर्जीको झलकमानलाई गीती संझना
१८ फाल्गुन २०७५, शनिबार ११:४८
आर्को मुखर्जी क्रमश नेपाली समाजमा पनि नेपाली गीत दुरुस्त गाउने विदेशी गायकका रुपमा चर्चामा पुगेका छन् । रेशम फिरिरि देखी के माया लाउनु साईली जस्ता गीतहरु आर्को मुखर्जीले नेपालमै आएर दुरुस्तै गाएका भिडियोहरु नेपालीहरुले मन पराएका छन् । बंगाली मुलका आर्को मुर्खजी भारतीय नागरीक हुन र उनी संगीत संकलक हुन्, विभिन्न देशका व्याण्ड र गायक संग आर्कोले समायोजन गरेर गीत गाएका भिडियोहरु यूट्यूबमा उपलब्ध छ ।
भर्खरै उन्ले झलकमान गन्धर्वको संझनामा बाला जोबन बोलको गीत गाएका र अपलोड गरेका छन् । होमसेसन्स भनिएको यस भिडियोमा उनले घरैमा सानो यूकुलेली बजाँउदै गाएका छन् । भिडियो डिसक्रिप्शनमा यिनले झलकमान गन्धर्वको आवाजको प्रशंशा र नेपाललाई धन्यवाद दिँदै विश्वमा माया फैलाउन जरुरी भएको लेखेका छन् । केहि कमेन्टहरुमा त यिनलाई पूर्वजन्ममा तिमी नेपाली भएकाले यस जन्ममा पनि नेपाली संगीतलाई यति माया गरेको भन्ने सम्म लेखिएको छ । हेर्नुहोस यो भिडियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै