Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

अफ्जल गुरु : मृत व्यक्तिको कश्मिरमा डर जीवीत छ

१९ फाल्गुन २०७५, आईतवार ०७:००


भारतको संसद भवनमा भएको आक्रमणको आरोपी अफ्जल गुरुलाई सन् २०१४ फेब्रुअरी ९ मा फाँसी दिइएको हो । अफ्जलको किस्सा त्यहाँबाट अन्त भएन बरु उल्टै शुरु भयो । उन्को मृत्युपछि जम्मुकश्मिरका धेरै पृथकतावादी नेताले विरोध जनाँउदै क्षेत्रमा बन्द र आतंकको श्रृखलाहरु शुरु गरेका थिए । यो सन् २०१४ को कुरा हो । उतिबेला त्यस क्षेत्रका सबै पृथकतावादी नेताहरुले जोइन्ट रेसिस्टेन्स लिडरशीप समुह खोलेर संयुक्त कार्यक्रमहरु गर्न थाले । त्यसको एकवर्ष पछि त्यसै दिन फेब्रुअरी ९ मा जम्मु कश्मिरमा जश्ने मोहम्मद आतंकवादी समुहको पूर्नस्थापना घोषणा गरियो । यो त्यही संगठन हो जस्ले केहि हप्ता अगावै भारत पाकिस्तानको सिमा क्षेत्रमा ४१ भारतीय जवानको मृत्यु हुने गरि लक्षित आतंकवादी आत्मघाती हमला गर्यो ।

अफ्जल गुरुको छैठौं वार्षिकीको मितीमा यो लक्षित आक्रमण गरिएको हो । अचम्ममा छ विश्व समुदाय जब ६ वर्ष अघि मारिएका यि आतंकवादीको प्रभाव र भय अझै पनि कश्मिरमा उतिकै देखेको पाइन्छ । अफ्जलले सन् २००१ मा भारतको संसद भवनमा भएको हमलालाई योजान गरेका थिए र कार्यान्वयन पनि गरे । मेडिकल शिक्षा लिँदा लिँदै छाडेका अफ्जल गुरु आतंकवादको सिलसिलामा कसरी आए र आज सम्म पनि कश्मिरमा उनलाई सम्मान र आदरका साथ शहादत पाएको व्यक्तित्वका रुपमा किन हेरिन्छ, जान्न जरुरी छ ।

सन् २००१ मा समातेर सन् २००२ मा दिल्लीको अदालतले उनलाई मृत्युवरणको सजाय सुनाएको थियो । दिल्लीको हाइकोर्टले उन्को मृत्युदण्डलाई २००३ मा सदर त गर्यो तर सन् २००५ मा सुप्रिम कोर्टले उन्को मृत्युदण्ड बदर गरिदिएको थियो ।पछि खोजि र अन्वेषण गरिँदै जाँदा अफ्जल गुरुलाई आतंकवादीलाई प्रश्रय दिएको आरोप लगाइएको थियो र यस बाहेक उनलाई अन्य कुनै घटना या क्रियाकलापमा संलग्न नपाइएको थियो भनी द दायल्यो मा पुलोमी घोषले लेखेकी छिन् । सुप्रिम कोर्टले उन्को मृत्युदण्ड वदर गरेको ८ वर्षपछि सन् २०१३ मा अफ्जलको जीवनरक्षाको अपील राष्ट्रपती प्रणव मुर्खजीले अस्वीकार गरेपछि उन्लाई गोप्य अपरेशन अपरेशन थ्री स्टार अन्र्तगत तिहाड जेलमा मारियो र शरीरलाई त्यसै जेलमा गाडियो । पछि मानव अधिकारवादीहरुले अफ्जलका परिवारजनलाई जानकारी नगराई यसरी गरिएको मृत्युदण्डमा मानव अधिकार हनन् र सरकारको गैरमानविय कदम भनी आलोचना पनि गरे । अफ्जलका अलावा उन्का अन्य २ साथीहरु प्रोफेसर गीलानी र शोवकात गुरु जो अफ्जलका भतिजा थिए, उनीहरुलाई पनि मृत्युदण्ड दिइयो ।

अहिले आतंकवादी संगठन जैसमा अफ्जल गुरु स्क्वायड गठन गरिएको बताइन्छ , यस स्क्वायड निकै शक्तिशाली रहेको भारतीय इन्टेलीजेन्स रिपोर्टले देखाँउदछ । हुन त पुलवामा आक्रमणमा कुनै प्रत्यक्ष सम्बन्ध अफ्जलसंग देखिएको त छैन र यस आक्रमण जश्ने मोहम्मदका मुख्य ब्यक्ति मसुद अजहरका भान्जाभाई उस्मानको हत्याको प्रतिशोध पनि भएको हुन सक्ने आशंका छ । अफ्जलका छोरा गालिब गुरुले केहि वर्षअघि हाइस्कूलमा ८८ प्रतिशत अकं ल्याएर पास भएको खबरले कश्मिरमा निकै चर्चा र स्नेह पायो । अफ्जललाई अहिले पनि कश्मिर उपत्यकामा निकै सम्मान र आदरका साथ हेरिन्छ ।

अफ्जललाई मृत्युदण्ड नदिएको अवस्थामा भाजपाका समर्थकहरुले दिल्ली अहिले लाजमर्दो अवस्थामा छ किनकि अफ्जल ज्यूदै छ जस्ता नाराहरु पनि लगाएका थिए । अरुणधती रोय भारतकी प्रसिद्ध लेखिका र विचारक मानिन्छिन्, उनैले पनि विश्वप्रसिद्ध पत्रिका द गार्जियनमा अफ्जलको हत्या विषयमा हतारो र आरोपलाई एकै ठाँउमा लेखेर आलेख प्रकाशित गरेकी छिन् । अफ्जलको हत्या आज पनि भारतीय प्रजातन्त्रमा ठूलो दाग भएको धेरै वैचारकहरुको तर्क छ । कश्मिरमा घाउहरु अझै खाटा बस्न बाँकी छन्, अफ्जल त केवल एउटा प्रतिनिधि पात्र मात्र हुन भन्ने धेरै जना भारतीयहरुकै पनि आवाज रहेको पाइन्छ भनी भारतकै दैल्योले लेखेको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,