ॐ नमः शिवाय मन्त्र विशेष


भगवान र आदियोगी शिवमा पूर्णत समर्पित यस मन्त्र यस जगतकै विशिष्टतम मन्त्र र शिव आव्हान हो । हिन्दु सनातन धर्म मान्ने र पूर्विय दर्शनशास्त्रका अनुयायी सबैका लागि पनि यो हजारौं वर्ष पुरानो मन्त्रले आज पनि उत्तिकै महत्व राख्दछ । यर्जुवेदको श्री रुद्रम भजनमा ॐ नमः शिवायको मन्त्र उल्लेखित छ । यो मन्त्रको अर्थ “शिवको आराधना गर्दछु” वा “शिवको नमन गर्दछु” हो भन्दै शिवलाई अद्वितिय सत्य मान्ने गरिन्छ ।

यस शिवरात्रिमा यस महान मन्त्रको ब्याख्या सबै शिवप्रेमीहरुका लागि समर्पण । ॐ नमः शिवायको आत्मसाथ  , ॐ– यस ब्रह्माण्डको उत्पति अघि, यहाँ शुद्ध अस्तित्व वा शुन्यता रहेको थियो । यही शुन्यताबाट कम्पनको सिर्जना भयो, जसलाई ॐ भनिन्छ । पश्चिमाहरुले अनि आधुनिक विज्ञानले बिगब्यागं अनि कस्मिक मुभमेन्टको नाम दिएका छन् त्यस बिन्दु लाई जहाँबाट सुस्तरि ब्रह्माण्डको शुरुवात हुन थाल्यो, यस बिन्दुको सम्पुर्ण जागृति, शक्ति अनि सार्मथ्यको पुञ्ज नै ॐ हो ।

नमः– शब्दबाटै प्रष्ट छ, नम अर्थात आदर र नमन । यसको शाब्दिक अर्थ नमन गर्नु वा आराधना गर्नु हो ।
शिवाय– शिवायको अर्थ शिव वा आत्म हो ।
सिद्ध शैव धर्म तथा शैव सिद्धान्त शैव धर्मको परम्परा अनुसार, नमः शिवायलाई भगवान शिवको पञ्च बोध तत्व वा पञ्त तत्वको एकता मान्ने गरिन्छ ।
न– भूमि
मः– जल
शि– अग्नि
वा– वायु
य– गगन
जसको अर्थ “ब्रह्माण्डिक जागरण एक हो” भन्ने बुझिन्छ । यी पाँच तत्वले हिन्दु दर्शनअनुसार ब्रह्माण्डको पूर्णता प्रकट गर्दछन् ।
यस्तै यही नमः शिवायले हाम्रो शरीरको चक्रको बोध प्रकट गर्दछ भन्नेहरु पनि छन् ।

” पहिलो चक्र हो, जसले आधार स्थान बुझाउँछ भने दृढता र भूमित्वको प्रतिकको रुपमा चिनिन्छ । यसले भावनात्मक अस्तित्वसँग महत्व राख्दछ भने प्राप्ति तथा सिर्जनाको अधिकारको बोध गराउँछ । यसको उपस्थिति मेरुदण्डको अन्तिममा यौनांगहरुको बीचमा रहेको हुन्छ ।

” दोस्रो चक्र हो र जल तत्वले प्रतिनिधित्व गर्दछ भने यौनिकतालाई भावुकतामा जोड्दै, महसुस तथा इच्छाको अधिकारको बोध गराउँछ । यो नाभीभन्दा अलिकति तल रहेको हुन्छ ।

शि” तेस्रो चक्र हो र यो अग्निको तत्वको रुपमा पनि रहेको हुनाले यसले काम गर्ने वा आफ्नो शक्तिमा केन्द्रित रहने अधिकारको बोध गराउँछ ।

वा” चौथो चक्र हो र यो मुटुको बीचमा अवस्थित हुन्छ । वायु तत्वको रुप रहेको र यसले माया गर्ने र माया पाउने अधिकारको बोध गराउँदछ ।

” पाँचौँ चक्रको रुपमा हाम्रो शरीरको गलामा अवस्थित हुन्छ र यसले बोल्न र सुनिन पाउने अधिकारको बोध गराउँदछ ।
नमः शिवायका पाँच शब्दलाई अरुहरुले अरु नै तरिकाले पनि यसको अर्थबोध गर्ने गरेका छन् ।

न– भगवानको अप्रकट कृपा
मः– संसार
शि– शिव
वा– भगवानको प्रकट कृपा
य– आत्मा

ॐ नमः शिवाय मन्त्रको अभ्यास
ॐ नमः शिवाय मन्त्रका लागि कुनै निश्चित विधि वा समारोह हुँदैन । यो मात्र एउटा मन्त्रोच्चारण र ध्यान हो । यो मन्त्रलाई जहाँ पनि उच्चारण गर्न सकिन्छ । यसको लागि ध्यान, एकाग्रता र शरीर सिधा राख्न मात्र जरुरी हुन्छ । मन्त्रको उच्चारण बारम्बार गर्नाले यसले गहिरो ध्यानमा पु¥याउन मद्दत गर्दछ । यस मन्त्रको सही लाभ प्राप्त गर्नका लागि, यो मन्त्रोच्चारण गर्दा आफुलाई पूरै समर्पित गर्नुपर्दछ । परम्परागत रुपमा भने रुद्राक्षको दाना गन्दै ॐ नमः शिवाय दिनमा एक सय आठ चोटि मन्त्रोच्चारण गर्ने गरिन्छ ।

ॐ नमः शिवाय मन्त्रोच्चारणको महत्व

ॐ नमः शिवायको मन्त्रोच्चारण गर्दा तपाईँले ब्रह्माण्डमा सकारात्मक ऊर्जा प्रदान गर्नुहुन्छ भने ब्रह्माण्डले तपाईँलाई त्यसको १० गुणा प्रदान गर्छ ।
१, ॐ नमः शिवायले शान्तिको पथतर्पm दोहो¥याउँछ र संसारलाई हेर्ने दृष्टिकोणमा स्पष्टता ल्याउँछ ।
२, ॐ नमः शिवाय मन्त्रले बुद्धि र विवेकको वृद्धि गर्दै जीवन सहज बनाउँछ ।
३, ॐ नमः शिवाय मन्त्रले रिस, राग, अंहकार र तनाव नष्ट गर्दछ र मस्तिष्कलाई स्वस्थ राख्न सहयोग गर्दछ ।
४, ॐ नमः शिवाय मन्त्रले नकारात्मक ऊर्जाबाट मुक्ति प्रदान गर्दै सकारात्मकतर्फ लग्दछ ।
५,   ज्योतिषशास्त्रका अनुसार ॐ नमः शिवाय मन्त्रले ग्रहदशाबाट उन्मुक्ति प्रदान गर्दछ ।
६, ॐ नमः शिवाय मन्त्रले आत्म ज्ञान र आत्म सामथ्र्य बुझ्न पनि सहयोग गर्दछ ।
डिटेक्टर अनलाइन पत्रिकाका लागि मञ्जितद्वारा लिखित लेखको अनुवाद ।
सुयोग ढकाल


Loading comments...