फुटपाथमा उदाउँदो सपना र महानगर


जब घडीमा टिक – टिक गर्दै साझँको ४ बज्न थाल्छ अनि काठमाडौंको महत्त्वपूर्ण ठाउँहरु एक एक भिड हुन थाल्छन् । खासगरी काठमाडौंको सुन्धारा, नयाँ बानेश्वर, रत्नपार्क, कालीमाटी, पाटन, लगनखेल, गोंगबु, नयाँ बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका व्यस्त सडकछेउछाउमा फुटपाथको व्यापार हुने गरेको छ । विभिन्न ठाउँहरुमा कपडा व्यापारी देखि हातमा ऐयर फोन झुन्डाएर “आयो है एयरफोन १०० को एउटा” “५०० मा हाईनेक ट्राउजर ” भन्ने को कमि हुदैन । साझँमा विशेष गरि पानी पुरी , म:म जस्ता खानेकुराका ठेलामा युवायुवतीको लाम लस्कर देख्न सकिन्छ,सब्जि पसल देखि हरेक ठाउँ भिडभाड हुन्छन् ।

आफ्नो काखमा सानो बच्चा राखेेर होस् या आफुले पुराना कपडा लगाएर नयाँ नयाँ कपडा बेच्न राखेका व्यापारीको कमि हुँदैन । जब साँझ पर्दै जान्छ यी व्यापारीको मनमा डर र त्रास पनि बढ्दै जान्छ । कतै महानगर पुलिस आई‌ पो हाल्ने हो कि भन्दै यता उति हेर्दै व्यापार गर्न बाध्य हुन्छन फुटपाथका व्यापारिहरु । दिउसो भरि विभिन्न पसल डुल्दै डुल्दै छानेर ल्याएका सामान एकाएक महानगरको हात पर्दा चुप लागेर बस्न विवश हुन हुन्छन् ।

विभिन्न समयमा विभिन्न समस्या सँग झेल्दै घरबार चलाउन बाध्य हुन्छन । महानगर आएपछि छिटो छिटो सामान बाधेर भाग्ने पिडाको अनुभव धेरै गरेका हुन्छन । कति व्यापारिको त सामान नै जफत भएको पनि देख्न सकिन्छ । बुढी आमा सामान बोकेर भाग्दै गरेको देख्दा आँखा भरि आँसु भरिन्छन, ठेलामा पानि पुरि बेच्ने दाईका सामान बाटाभरि यता उति देख्न सकिन्छ, कहिले त साईकलमा फलफुल बेच्ने दाई भाग्दा भाग्दा बाटो भरि फलफुल छरिएको पनि देख्न सकिन्छ।

सबैका आफ्ना आफ्ना समस्या छन् महानगर पनि यसै बस्न सक्दैन र फुटपाथका ब्यापारि पनि फुटपाथ छाड्न सक्दैन्न । साझँको बेला यि व्यापारिले गर्दा फुटपाथमा हिँड्ने मानिसहरुले समस्या भोग्नु परेको छ । पिच सडक सवारीसाधनका कारण खुट्टा राख्ने ठाउँ हुँदैन, पैदल हिँड्नका लागि बनाइएको फुटपाथ व्यापारीका सामानले ओगटिएको हुन्छ । मान्छेको भिडको फाईदा लिएर चोरि , डकैती , लुटपाट जस्ता समस्याहरू दैनिक रुपमा देखिने गर्दँछन र महिला हिम्सा जस्ता जघन्य अपराध पनि हुदै आएका छन् । यस्ता‌ भिडभाडले गर्दा अपराधीहरु दिनप्रति दिन सक्रिय हुदै गएका छन र लुटपातका सम्सया दिन प्रति दिन बढ्दै गएका छन् ।

समस्या हरेक ठाउँमा छन् र फुटपाथको कहानी झन् दु:ख लाग्दो छ । यसको समयमै उचित व्यस्थापन गरेर उनीहरुलाई आफ्नो व्यवसाय फस्टाउन दिन सक्नु पर्छ र यस्ता व्यापारिहरुलाई‌ कुनै निश्चित स्थान दिन नसक्नु महानगरको कमजोरि हो । अर्को रुपमा हेर्दा फुटपाथलाई व्यापार मुक्त बनाउन नसक्नु भनेको अपराध बढ्नु पनि हो । त्यसैले सम्बन्धित निकायको समयमै यस्ता कुरामा ध्यान लैजान पर्ने देखिन्छ ।

प्रदीप ज्ञवाली
बुटवल , खैरेनी


Loading comments...