Lifestyle Portal
  •   २२ जेष्ठ २०८०, सोमबार
selfie trick

बेस्ट सेल्फी खिच्न यी ७ यी गज्जब तरिका अपनाउनुहोस्

१९ फाल्गुन २०७५, आईतवार ११:००


स्मार्टफोनको प्रयोग बढेसँगै सेल्फीको चलन धेरै बढ्दै गईरहेको छ । बच्चा देखि वृद्धसम्म सबै सेल्फी खिच्न मन पराउँछन् । विश्वभर एक दिनमा ९३ मिलियन जनसंख्या सेल्फी लिन्छन् । सेल्फी लभर्सहरु जुनसुकै ठाउँमा पनि सेल्फी खिचिरहेका हुन्छन् र उनीहरु उत्कृष्ट सेल्फी तस्विर लिन प्रयास गरिरहेका हुन्छन् ।

यहाँ केही टिप्सहरु छन्, जसले तपाईलाई उत्कृष्ट सेल्फी खिच्न सहयोग गर्छन् ।

१. क्यामरा तर्फ नहेर्ने : सुन्दा अचम्म लाग्न सक्छ तर सेल्फी एक्पर्टहरु भन्छन् क्लासिक क्यान्डिट फोटो लिनका लागि क्यामरा तर्फ हेर्नुहुँदैन । सबैभन्दा धेरै झन्झट यहीं हुन्छ । तपाई सिधै क्यामेरा तर्फ हेर्नुहुन्छ भने फोटो पोज त्यति राम्रो हुँदैन । यसमा अनुहारको एक्सप्रेसन राम्रो देखिँदैन ।

२. माथिबाट सेल्फी नखिच्ने : धेरै मानिसहरु माथिबाट सेल्फि लिने गर्छन् । हात टाढा लगेर फोटो लिँदा त्यति राम्रो लाग्दैन । त्यसैले सेल्फी खिच्दा क्यामराको लेभललाई सन्तुलित बनाउनुपर्छ ।

३. बीचमा नबस्ने : सेल्फी लिँदा आफु कहिले पनि बीचमा नबस्नुहोस् । फोटो फ्रेममा आफुलाई थोरै दायाँ बाँया राख्नु पर्छ ।

४.सेल्फी स्टिक नदेखाउने : सेल्फी लिँदा फोटोमा सेल्फी स्टिक आएको राम्रो देखिँदैन । त्यसैले सेल्फी स्टिक नआउने गरी सेल्फी खिच्नुपर्छ ।

५. क्यामरा बटनबाट बच्ने : सेल्फी लिईरहेको समयमा तपाईले स्क्रीनमा भएको क्यामरा बटनलाई थिच्न निकै मुश्किल हुन्छ । यसमा विशेषत फोटो हल्लिने डर हुन्छ, यसमा तपाईले सेल्फी टाइमरलाई प्रयोग गर्न सक्नुहुन्छ ।

६. जुम : सेल्फी खिच्ने समयमा मोबाइलमा भएको डिजिटल जुमबाट बच्नुपर्छ । यस जुमले फोटो क्वालिटी घटाउँछ ।

७. व्युटि फिल्टर नराख्ने : सेल्फीमा ब्युटी फिल्टरको प्रयोग गर्नुहुँदैन । यसले फोटो विगार्छ । यस भन्दा उपयुक्त सेल्फीमा भएको लाइटको प्रयोग गर्नुपर्छ । -एजेन्सी

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै