Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

फेसबुक ट्वीटर बन्द हुने हल्लाको बास्तबिकता के ? संचार मन्त्रालयले निकाल्यो यस्तो बिज्ञप्ति

१९ फाल्गुन २०७५, आईतवार १७:२७


नेपालमा फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द हुने भन्दै गलत प्रचार गरिएकोप्रति संचार तथा सूचना प्रविधि मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द हुने भन्दै गरिएका प्रचार निराधार रहेको बताएको हो।

सामाजिक सञ्जाल बन्द हुने कुरा गलत भएको र त्यस्ता नकारात्मक सूचना प्रवाह गर्नेलाई कानुनी कठघरामा उभ्याई कारबाही गर्ने प्रक्रिया अगाडी बढीसकेको कुरा मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले उक्त विज्ञप्तिमा फेसबुक तथा ट्वीटर बन्द हुने भनेर सामाजिक सञ्जालमा गरिएका पोष्टहरु गलत भएको स्पष्ट परेको छ। केही दिनअघि नेपाल सरकार सूचना तथा संचार मन्त्रालयको नाम राखी फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द हुन लागेको गलत प्रचार गरिएकोमा आपत्ति जनाउदै मन्त्रालयले आज विज्ञप्ति निकालेको हो।

मन्त्रालयद्वारा जारी विज्ञप्ति :

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै