
अब अर्काको नाममा रहेकाे सिमकार्ड प्रयोग गर्न नपाइने, अपराध बढेकाे भन्दै नियन्त्रण
२० फाल्गुन २०७५, सोमबार १३:३३
अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइनेगरी नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ।‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्नेगरी व्यवस्थापन गर्न लागेको हो।अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गरी आपराधिक क्रियाकलाप गर्ने प्रवृत्ति बढेको भन्दै प्रधानमन्त्री कार्यालयबाट गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न ई–केवाईसी सिस्टम लागु गर्न लागेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्राधिकरणले ई–केवाईसी सिस्टम ल्याउन लागको छ। सिमकार्ड दुरुपयोग गर्ने, एउटैको नाममा धेरै सिमकार्ड लिनेजस्ता प्रवृत्ति रोक्न ई–केवाईसी सिस्टम ल्याउन लागिएको अर्यालले बताए। उक्त प्रणालीको पहिलो चरणमा कार्यविधि तयार भएको छ। याे खबर अन्नपूर्ण पोस्टमा छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कम्पोष्ट मल बनाउने कार्य सुरु गरेको छ । फोहरलाई स्रोतमा नै वर्गीकरण गर्ने र जैविक फोहरलाई
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने