प्यारासुट अनियन्त्रित हुँदा एक सैनिक जवान टुँडिखेल बाहिर खसे


प्यारासुट जम्पिङका क्रममा प्यारासुट अनियन्त्रित हुँदा नेपाली सेनाका एक सैनिक सिधै आकाशबाट जमिनमा खसेका छन्।

राजधानीको टुँडिखेलमा सैनिक दिवस मनाउने क्रममा प्यारासुट नखुलेपछि ती सैनिक काठमाडौँ मल नजिकै फुटपाथमा खसेका हुन्।

प्यारासुट जम्पिङका क्रममा सेनाका पूर्णबहादुर भण्डारी अनियन्त्रित भएर खसेका हुन्। उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ।


Loading comments...