hiv aids

एचआईभीको उपचार संभव भएको पुष्टि


विश्वव्यापी महामारी एचआईभीको कारणले गएका दशकहरुमा करोडौंको ज्यान गएको छ । विश्वका सरकार, संयन्त्र, संयूक्तराष्ट्र संघ लगायत हरेक तह र तप्काका सरंचनाले एचआईभी विरुद्ध अभियान नै चलाएका थिए, अरबौं अरब खर्च भएको र विश्वको इतिहासमा यो संक्रमण निकै भयावह र पीडादायी देखिएको थियो ।

आजभन्दा १२ वर्षअघि एजना एचआईभी बिरामी लाई उपचार पछि एचआइभी नेगेटिभ भएको पुष्टि भएको थियो । यो एचआईभीको पूर्ण निर्मुलीकरण गरिएको प्रथम केस पछि अहिले दोश्रो केस पुष्टि भएको कुरा न्यूयोर्क टाइम्सले छापेको छ । अमेरिकाको सीयटलमा रेट्रो भाइरस र अवसारवादी संक्रमण विषयमा भएको कन्फेरेन्समा यो केस साार्वजनिक भएको हो । के यो एचआईभीको पूर्णत ओखती पत्ता लागेको हो त ? यस प्रश्नमा केवल २ वटा मात्र केसको अवस्थितीले विश्वभरका अधिकाशं न्यून आयस्तरका एचआईभी संक्रमीतलाई आशालाग्दो समाचार नहुन पनि सक्ने संभावना त छ तथापी यसको थप व्यापक प्रयोग र सुलभ उपचार पद्धतीले निकट भविष्यमा विश्वभरिका एचआईभी संक्रमितलाई एउटा वलियो आशाको दियो भने जगाएको पक्का छ ।

यस उपचार संयन्त्रमा बोन म्यारो ट्रान्सप्लान्ट गरिएको रिपोर्ट छ, सामान्यतया क्यान्सर बिरामीलाई यो ट्रान्सप्लान्ट गरिने तथापी यसले एचआइभी पनि निर्मुल पार्ने परिणाम देखिएको हो । तथापी यो ट्रान्सप्लान्टको साइड एफेक्ट र अन्य जोखिम भनें निकै धेरै रहेको बताइन्छ ।

केहि चिकित्सकहरु यस ट्रान्सप्लान्ट पद्धती भन्दा शक्तिशाली ओखतीको सेवनले झनै सहज रुपमा एचआइभी निको हुने बताँउदछन् तथापी यसको मानविय शरीरमा प्रयोग र पुष्टि हुन बाँकी छ ।

शरीरको इम्यून सेललाई मोडिफाई गर्न संभव भएकाले अब निकट भविष्यमा यस संक्रमणको उपचार सहज भएको डा एनीमेरी वेन्सिंगले बताएकी छिन् । उनी नेदरल्याण्डको यूट्रच भन्ने ठाँउकी यूनिभर्सिटी मेडिकल सेन्टरकी चिफ भाइरोलोजीस्ट हुन् ।

लाइभमाण्डु


Loading comments...