Lifestyle Portal
  •   ७ माघ २०७८, शुक्रबार

किम जोगं इलको रसिया भ्रमणको आधिकारिक पुष्टि

२१ फाल्गुन २०७५, मंगलवार १७:००

भर्खरै भएको भियतनाम समिटमा उत्तर कोरिया र अमेरिकाको गत वर्षको शुरुवातमा भएको राष्ट्रपतिय भनाभैरी अनि त्यसको लगत्तैको दुबै देशका राष्ट्राध्यक्षको मैत्रीपूर्ण भेटघाटपछिको अर्को अमेरिका र उत्तरकोरिया बिचको समबन्ध सुधारका लागि भएको एउटा कोशेढुगां मानिएको थियो ।

अहिले किम जोगंको रसिया भ्रमणको बिषय निकै चर्चामा रहेको थियो जुन भर्खरै पुष्टि भएको छ । रसियाका राष्ट्रपतीको प्रेस सचिवालयले भर्खरै उत्तर कोरियाली राष्ट्राध्यक्षको भ्रमणको आधिकारिक जानकारी गराएको हो । रसियाली राष्ट्रपतीका प्रेस सचिव डिमीट्री पेसोभले महत्वपूर्ण एजेण्डामा उक्त भ्रमण केन्द्रित रहने जानकारी गराएको भएतापनि भ्रमणको मिति र स्थानका विवरणहरु उत्त, प्रेस रिलिजमा गोप्य राखिएको भनी भर्खरै अलजजिराले लेखेको छ ।

भियतनाम भ्रमणमा उत्तर कोरियाको डिन्यूक्लीयरलाइजेशनको विषयमा दुर्भाग्यपूर्ण कुनै सम्झौता हुन नपाएको र अब विश्वको अर्को शक्तिराष्ट्र रसियासंगको किमको भ्रमण निकै विवादमा तानिने पो हो कि भन्ने प्रश्न खडा भएको छ । एजेन्सीहरुका अनुसार ट्रम्प पनि स्वयम रसियासंग निकै निकट रहेका पनि बताइन्छ ।

उता दक्षिण कोरियाले भनें अमेरिका, उत्तर कोरिया र दक्षिण कोरियाबिचको त्रिपक्षिय वार्ताको प्रस्ताव पनि गरेको छ । दक्षिण कोरियाका राष्ट्रपती मुन जाय ईगंले उत्तर कोरिया र अमेरिका अनि दक्षिणकोरियाको विषय निकै प्रार्थमिक्ताका साथ हेरिएको पनि बताँउदै आएका छन् । गत हप्ताको भियतनाम भेटचाँही अमेरिकी पक्षले उत्तरी पक्षलाई धेरै माग र न्यूक्लीराइजेशनको अन्त्य भन्दा केहि समयको बन्दको लागि मात्र कुरा भएकोमा अमेरिकाले त्यो कुरा नसहने बताएका छन् । हेरौं अब आसन्न रुस भ्रमणले कोरियाली क्षेत्रमा कस्तो प्रभाव पार्नेछ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७८ पौष २६ गतेका दिन होटल र्‍याडिसनमा विश्व हिन्दी दिवसको आयोजना गर्यो । सन् १९७५ जनवरी

नेपाल विश्वकर्मा सेवा समितिको ५औँ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ। कार्यक्रममा लोहार जातीको इतिहास, सामाजिक उत्पिडन र लोहार जातिको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले ४० प्रतिशत मत ल्याउने पक्षलाई पाखा पारेर निर्वाचनमा कसरी पहिलो पार्टी बनाउनुहुन्छ भन्दै प्रश्न