Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

६२ लाख ब्लडमनि बुझाईयो, छुट्ने भए जोगी

२१ फाल्गुन २०७५, मंगलवार १८:३६


बिगत साढे पाच बर्षदेखि युएईको आबुधाबी स्थित अल वातब जेलमा कैदी जीवन बिताई रहेका फेदाप,२ तेह्रथुम ओयाक्जुङका खड्कबहादुर जोगी जेल मुक्त हुने भएका छन् ।

उनको रिहाईको लागी आवश्यक पर्ने २ लाख दिराम अर्थात् (६१ लाख ९४ हजार रूपैया) नेपाल लगायत विभिन्न मुलुकमा रहेका दाताहरुको सहयोगमा जुटेपछि आज नेपाल सरकारको पररास्ट्रिय मन्त्रालय मा मन्त्रि प्रदिप ज्ञवाली समक्ष मुल समिति अध्यक्ष दुर्गा प्रसाद , सचिब खगेन्द्र जोगी, कोशाध्यक्ष कुमार गिरि ,संघीय प्रदेश सभा सदस्य भवानी खापुंग लगायतको उपस्थितीमा आज ब्लड मनि रकम बुझाईएको अभियानका संयोजक देव बास्कोटाकाले जानकारी दीएका छन् ।

आबुधाबीको एक कम्पनीमा सामान्य मजदुरको काम गरिरहेका जोगी आफ्नै कम्पनीको साथीलाई बचाउन खोज्दा फसेको उनको परिवारहरू बताउँछन् । सन् २०१४ मे ६ मा जोगी चढेको गाडीबाट आफ्नै सहकर्मी फिलिपिन नागरिक अचानक खसेको र निजलाई उद्दार गरि अस्पताल पुर्याउने क्रममा मृत्यु भएको परिवारको भनाई छ ।

सहकर्मीको निधनलगतै जोगीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका थालेको थियो । उनले अदालतमा मानवीयताका आधारमा सहयोग मात्रै गरेको बयान दिएका थिए । तर जोगीलाई युएईको उच्च अदालतले हत्याको गरेको आरोपमा ५ वर्ष कैद र २ लाख दिराम अर्थात् करिब (६२ लाख नेपाली रुपैयाँ) मृतक फिलिपिन नागरिकको परिवारलाई ब्लडमनि बुझाउनु पर्नै फैसला सुनायो ।

यसै बिषयमा नेपाली दूतावास युएईका कार्यवाहक राजदूत सागरप्रसाद फुयालसँग सम्पर्क गर्दा जोगीले सन् २०१९ को मार्च २७ सम्म जेल बस्नुपर्ने र अदालतले निर्देशन गरे अनुसार २ लाख दिराम जम्मा गर्नुपर्ने बताएका थिए । उनले अदालतमा छुरा प्रहार गरि आफ्नै सहकर्मीको हत्या गरेको स्वीकार गरेको राजदूत बताउँछन् ।

मार्च २७ पछि ब्लड मनि बुझाएसंगै कानुनी प्रकिया अन्तर्गत छिट्टै जेलमुक्त हुने दुताबाशले जानकारी दीएको छ। निम्न वर्गीय परिवारका जोगीको घरमा श्रीमतीसहित १ छोरा २ छोरी ८२ वर्षीया आमा छन् । बिहान बेलुकाको छाक टार्न समेत मुस्किल पर्ने यो परिवार को यस्तो खबर सुनी फेदाप २ ओयाक्जुंग ५ तेह्रथुमका समाजसेवी देव बास्कोटाले इजरायलबाट नेपाल गएर यो अभियान सुरु गरे संगै ६२ लाख रुपैयाँ भन्दा बढी रकम देश विदेश बाट जम्मा भएको थियो । जोगी नेपाल फर्कीए पछि उक्त बढी भएको रकम ब्यबस्थापन खर्च कटाइ यस्तै समस्या परेका नेपालीलाइ सहयोग गरिने संयोजक बास्कोटाले बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग