Lifestyle Portal
  •   १४ चैत्र २०७९, मंगलवार

‘मिटु’को आरोप लागेका चलचित्र निर्माताले आत्महत्या गरे

२२ फाल्गुन २०७५, बुधबार ११:३३


४८ वर्षीया आरग्य वासुले कोलकत्तास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । उनी डकुमेन्ट्री फिल्ममेकर हुन् ।

आरग्य वासु सन्तोषपुर क्षेत्रमा बस्थे । मार्च १ मा झुण्डिएको अवस्थामा आफ्नै फ्ल्याटभित्र भेटिएका उनलाई अस्पताल पुर्याएपछि मृत घोषणा गरिएकाे थियाे ।

वासुका छिमेकीले प्रहरीलाई दिएको जानकारीअनुसार पछिल्लाे समयमा उनी डिप्रेसनबाट ग्रसित थिए । प्रहरीले उनको फ्ल्याटबाट सुसाइड नोट भने भेटेको छैन् ।

शवको पोस्र्टमार्टमका लागि अस्पतालमै राखिएको जानकारी प्रहरीले दिएकाे छ। वासु भारतीय चलचित्र तथा टेलिभिजन इन्स्टिच्युटका पूर्वप्रशिक्षक पनि हुन् ।

२०१७ को अन्त्यमा उनलाई यौन दुव्र्यवहारको आरोप लागेको थियो । एक प्रसिद्ध चलचित्र निर्माताले वासुको नाम ह्यासट्याग ‘मिटु’मा लेखेर आफूमाथि दुर्व्यवहार गरेको भन्दै उल्लेख गरेकी थिइन् ।

भारतमा पहिलो पटक मिटु मुभमेन्टको सुरुवात गर्ने पत्रकार सन्ध्या मेननले कार्यस्थल सुरक्षित हुनुपर्छ भनेर आवाज उठाउँदै आएका आफूजस्ता महिलालाई वासुको मृत्युले निकै दुखी बनाएको भन्दै समवेदना प्रकट गरेकी छन् ।

आरग्यका साथी अंकुर दास भन्छन् ‘मिटुकाे आरोप लागेपछि उनी डिप्रेसनमा पुगेका थिए । २०१८ को अप्रिलमा परिवारको सल्लाहमा उनले एक महिना मानसिक परामर्श लिएका थिए । यसपछि उनी काममा फर्किएका थिए । उनले तामिल फिल्मको सम्पादन पनि गरे, जुन फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो । एकपछि अर्को गर्दै उनी चलचित्रका काम गरिरहेका थिए तर यो घटनालाई मलाई दुखी र अचम्मित बनाएको छ र आरग्यको परिवार विक्षिप्त अवस्थामा पुगेको छ ।’

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै