
भगवानका कथा खोज्दै काठमाण्डौं आएका मोर्गन
२२ फाल्गुन २०७५, बुधबार १३:०२
बलिउडमा मेरा २ जना विशेष प्रिय अनि मैले पछ्याउने कलाकारहरु थिए, छन् । रबिन विलियम्स अनि मोर्गन फ्रम्यान, तर जब केहि वर्षअघि रबिन विलियम्सको ओखती ओभरडोजको कारणले मृत्यू भयो, तब म भित्रभित्रै सात समुन्द्रपारी नेपालमा सोचमग्न अनि पिल्सीरहेको थिएँ । विश्वलाई हसाँउने, आदर्श अनि कविताको विषयमा म जन्मनु पनि लगभग आधा दशक अगावैको चलचित्र द डेड पोइट्स सोसाइटीमा कविताको महत्व दर्शाउन उत्तिकै जीवन्त पात्र, गुडविल हन्टीगंका प्राध्यापक रबिन भित्रभित्रै आँफैं खुशीका लागि ओखतीको सहारामा रहेछन् । रबिनको मृत्यूले मलाई सारा विश्वनै बेखुशी छ भनें झैं बनायो । म आज त्यता जान चाहिन, मेरा अर्का प्रिय कलाकार मोर्गन फ्रिम्यान तर्फ केन्द्रित हुन चाहेँ, मीलीयन डलर बेबी देखि द शशांक्स रिडेम्शन जस्ता विश्वले शदियौंसम्म नभुल्ने कालजयी चलचित्रका कालजयी अभिनेता, मोर्गन फ्रिम्यान । म यिनलाई हलिउडका अमिताभ बच्चनसंग पनि तुलना गर्न पुग्छु कारण हो दुबैको सामान्य उपस्थिती, असामान्य अभिनय, अभिव्यक्ति अनि दरो आवाज । मोर्गनका दरिला पात्रहरु मध्यको एउटा चलचित्र जुन अलिक ओझेलमै पनि पर्यो, त्यो हो लुसी । लुसी चलचित्रमा मोर्गनका माध्यमवाट जीवन, अन्त र चेतनाको दरिला बिम्बहरु देखाइएको छ ।
केहि वर्षअघि विदेशमा रहँदा मैले बेनेडिक्ट कम्बरब्याचको डक्टर स्ट्रेन्ज हेर्न हलमा गएको थिएँ, साथीहरुलाई आफ्नो देशमा खिचेको चलचित्र देखाउन मन थियो । काठमाडौं पशुपतीको सिनमा त म उफ्रेर मेरो देश भन्दै आँखाभरि आँशु पार्दै कराइरहेको थिएँ । त्यस चलचित्रमा ठाँउमात्र पूर्वी गोलार्धको नेपाल थिएन तर कथा, प्लट अनि चलचित्रको क्रम र अन्त पनि कताकता गीताका कुराहरु, पुराणका पात्रहरु अनि वेदका कुराहरु संग मेल खान गए । मलाई प्रथम पटक हलिउडको पूर्वीय दर्शनसंगको साझेदारीमा यस चलचित्रले एउटा त्यान्द्रो छाड्यो ।
त्यस्तै अहिले मोर्गन फ्रिम्यान पनि एउटा टिभी सिरिजमा व्यस्त रहेछन्, द स्टोरी अफ गड अर्थात भगवानको कथा ।
यसको तेश्रो सिजनको काम र शुटका लागि मोर्गन केहि महिनाअघि काठमाण्डौ आए । मैले सामाजिक सञ्जालमा देखें, अब मेरो देश र दर्शनको हलिउडले फेरि केहि तथ्य र कुराहरु सापट लिँदैछ, म खुशी थिँए ।
अहिले यूट्यूबमा मोर्गन फ्रिम्यानको द स्टोरी अफ गडको सिजन ३ को ट्रेलर आएपछि त केहि नलेखि बस्नै सकिन ।
This is not story, this is not tale, this is a history
अब विश्व फेरि दर्शन अनि देवलोकमा फर्कदै छ शायद । मोर्गन फ्रिम्यान अब भगवानको कथा खोज्दै विश्व डुलिरहेका छन्, नेपालका कथा पनि त्यसमा समाहित छ अनि यहाँ म मख्ख छु । उनी पाप र पुण्यको हिसाब गर्न र अन्वेषण गर्न हिँडेको पनि कार्यक्रमको ट्यागलाइन्सले बताँउदछ । ढाकाको कपडामा सजिएर कुमारी घरमा मोर्गन पुगेका छन्, मन्दिर र गुम्बामा उनी प्रश्न तेरस्याँउदै बसेका छन् । काठमाण्डौका डाँडा अनि घरहरु स्पष्ट देखिएको छ, अब काठमाण्डौ भगवान र मन्दिरहरुको शहरको झल्को दिँदै विश्वव्यापी स्क्रिनमा देखिँदैछ । कुमारीको आर्शिवाद लिँदै उनी आफ्ना जिज्ञासा राख्दछन् । मोर्गन ढाकाको कपडामा देखिँदा म उनमा काठमाडौं उपत्यकाको एउटा नेवार दाईलाई देख्दछु । यसपालाको नेशनल जोग्राफीको द स्टोरी अफ गड म पक्का हेर्नेछु, ट्रेलर यहाँ हेर्न सकिनेछ ।
नेपाली पर्यटन प्रर्वधनका लागि यो सिरिजले राम्रो भूमिका निर्वाह गर्नेछ भन्ने मेरो आशा पनि छ । मोर्गनले मेरो देशलाई कसरी प्रस्तुत गर्नेछन अनि मन्दिर र भगवानको यस एतिहासिक शहरको चित्रण नेशनल जोग्राफीमा कसरी हुनेछ, म हेर्न आतुर छु ।
के मोर्गनको यस कार्यक्रमले भगवान र धर्मको पैरवी गर्दैछ त ?यूट्यूबको कमेन्टमा बिभिन्न धर्म अनुसारका कमेन्ट अनि नास्तिकहरुको केहि आरोपहरु पनि देख्न सकिन्छ ।
भगवानका कथा सुन्न र हेर्न हामी इच्छुक छौं ।
सुयोग ढकाल
लाईभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग