Lifestyle Portal
  •   २१ मंसिर २०७८, मंगलवार
tample tudal

मन्दिरको हरेक टुँडालमा किन कुदिन्छ यौनजन्य कला?

१५ पुष २०७५, आईतवार १४:२०

लोकप्रिय

तपाइँहरु मन्दिर त पक्कै पनि जानुभएको होला । मन्दिर जादा मन्दिरको छाना अड्याउनको निम्ति बनाइएको टुडालहरु नियालेर हेर्नु भएको छ की छैन ? तपाइँ मन्दिरको नजिकै गएर करिव ४५ डिग्रीको कोणमा माथी तिर फर्किएर हेर्नु भयो भने अनौठो लाग्न सक्छ। किन भने प्रायः मन्दिरको टुँडालहरुमा बिभिन्न आसनमा यौनक्रियाका आकृति देख्न सक्नु हुन्छ । के तपाईलाई लाग्दैन मन्दिरमा यस्ता यौनजन्य कालाकृति किन राखिएको होला भनेर ? यसै विषयलाइ लिएर हामीले केहि तथ्यहरु संकलन गरेका छौ । लौ पढ्नुहोस् है त ।

१ – किम्बदन्तीका अनुसार मन्दिरमा यौनजन्य सङ्केत सहितका कला राख्दा चट्याङ पर्दैन र मन्दिरमा कुनै क्षती हुँदैन् ।

२ – कसैले यो बिषयलाई धर्मसँग जोडेर के पनि भनेका छन् भने प्राचिन समयमा बौद्धमार्गीहरुको संख्या बढी थियो । धर्मकै कारण अधिकांश मानिसहरुले बैबाहिक जीवन त्यागेर साधु जीवन बिताउन थाले । यस्तो क्रम बढेपछी त्यतिखेरका हिन्दु राजाहरुले उनीहरुलाई सांसारिक जीवनमा ल्याउनको लागि बिभिन्न उपायहरु रच्न थाले । त्यसो त धर्म त्यागेर बौद्धमार्गी बन्नेको संख्या बढेको र बैबाहिक जीवन र यौन जीवनलाई त्यति ख्याल नगर्नेहरु बढ्न थालेपछि जनसंख्या घट्न थालेपछी त्यतिखेर मन्दिरहरुमा त्यस्ता यौनक्रिडाका मुर्तिहरु बनाएर दैनिक मानिसहरुलाई यौन क्रिडामा सक्रिय बनाउनको लागि मन्दिरहरुमा अश्लिल मुर्ति बनाउन थालियो ।

यो बिषयलाई विश्लेषण गर्ने हो भने केहि कुरा तथ्य पनि लाग्न सक्छन । किनभने धेरै मुर्तिहरु साधुजस्तो आकृतिमा कुँदिएको छ । कतिपय मुर्तिहरु भगवानकै आकृतिमा पनि कुँदिएको छ । त्यसको मतलव भगवानले पनि यौनक्रिडा गर्छन भन्ने संदेश दिन खोजिएको हुनसक्छ भने अर्को कुरा बुद्ध धर्म मान्नेले पनि यौनक्रिडा गर्छन भन्ने संदेश दिन कतिपय बुद्धको जस्तो आकृति देखिने मुर्तिमा यौनक्रिडाको मुर्ति कुँदिएको हुनसक्छ । कतिपयले बुद्धको आकृतिमा त्यस्ता मुर्ति कुँदिनु त्यतिखेरको धार्मिक विरोधी कार्य मानेका छन् ।

३ – अधिकांश प्राचिन मन्दिरहरु बनाउने कार्य तात्कालिन राजाहरुले गरेका थिए । उनीहरुले दिएको जिम्मेवारीमै मन्दिर बन्थ्यो भने मन्दिरहरुमा मुर्ति पनि उनीहरुलेनै छाने बमोजिमको बनाउनुपर्ने हुँदा त्यतिखेर मुर्तिहरुमा राजाहरुले अश्लिलता कुँदेको कतिपयको आरोप छ ।

४ – के पनि विश्वास छ भने मन्दिरमा पस्दा मानिसले नराम्रा विचार, भावना बाहिरै फालेर विशुद्ध धार्मिक भावना र कार्यका लागि मात्रै पस्नुपर्छ भन्ने सन्देश दिन मन्दिरको बाहिर नै कामुक कला कुँदिएका थिए ।

५ – कतिपयले के पनि भनेका छन् भने मानिस बढी उपस्थित हुने स्थानहरुमा यसरी मुर्ति कुँदिनु त्यतिखेरको शैक्षिक कार्य हो । यसरी आसन आसनमा यौनक्रिडाको मुर्तिको कारण मानिसहरुले कसरी यौनक्रिडा गर्ने भन्नेबारे जानकार हुन्छन् ।

६ – यही बिषयमा के पनि बिचार छ भने संसारका श्रीष्टिकर्ता ब्रम्हा समेतको मोक्षका लागि यौन आवश्यक परेको थियो । उनको पुनरजन्मको लागि यौनको भूमिका थियो त्यसैकारण यौनलाई मुर्तिको रुपमा चित्रण गर्न थालियो ।

७ – यो बिषयले मुश्लिम आक्रमणलाई पनि जोडेर हेर्नेहरु छन् । प्राचिन कालमा हिन्दु धर्मावलम्बीहरुलाई मुश्लिम शासकहरुको   डर थियो । मुस्लिमहरुले आक्रमण गर्नेक्रममा नग्न र कामुक बस्तुहरुको नजिक पर्दैनन् भन्ने त्यतिखेरको चेतना थियो त्यसैकारण उनीहरुबाट मन्दिरलाई जोगाउनकै लागि पनि यस्ता आकृति कुँदिएका थिए ।

८ – कतिपयले यस बिषयलाई त्यतिखेरको राजाहरुको सम्पन्नता र मज्जाको जीवनशैलीका रुपमा पनि चित्रण गरेका छन् ।

९ – अर्को बिषय के पनि छ भने कुमारीलाई जिउँदो देवीको रुपमा पुजा गर्ने चलन छ । कुमारी भन्ने बित्तिकै ‘भर्जिन’ हुनुपर्ने मान्यता छ । मन्दिरमा स्थापना गरिने ‘कुमारी’लाई कसैको आँखा नलागोस् र यौनक्रिडाको सिकार बन्न नपरोस् भन्ने मान्यता थियो । यसरी मन्दिरको बाहिरनै मुर्ति कुँदिएपछी कुमारीसँग सबैले लाज मान्ने र यौनको बिचार नजाग्ने हुँदा मन्दिरको बाहिर त्यस्ता नग्न मुर्ति कुँदिएको थियो ।

-अज्ञात!!

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच